११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

अब भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

न्यूजमधेश सम्बादाता काठमाडौँ, ५ श्रावण । सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार उडान सम्बन्धी आवश्यक तयारी तथा प्रोटोकल(कार्यविधि) भने मन्त्रालयले तयार […]

विमलबहादुर विष्ट डोटी, ५ श्रावण। तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयलाई निकै सास्ती भएको छ । वर्षौँदेखि पुलको अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरुलाई घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षाँै बितिसक्यो तर […]

न्यूजमधेश डेक्स महोत्तरी, ५ साउन ।क्रसर उद्योगले जथाभावी बनाउने ठूलाठूला खाल्डा ज्यानमारा बन्दै गएका छन् । महोत्तरीको बर्दिवास–१४ मा आइतबार यस्तै खाल्डोमा परेर एक किशोरको मृत्यु भएको छ । बर्दिवास–१४ कै अशोक भनिने आशुतोष मिश्रका १६ वर्षीय कन्हैया भनिने रोशन मिश्रको गहिरो खाल्डोको पानीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । दुई […]

मनोज बनैता सिरहा, ५ श्रावण । सापटी लिएको हजार रुपैयाँको लागि लाहानका एक दलित युवाको हत्या भएको छ । सिरहा कारागारमा साथी संग एक हजार सापटी लिएका लहान नगरपालिका–१ मर्टियर्वाका १९ वर्षीय रोशनकुमार रामको हत्या गरिएको छ । लागुपदार्थ मुद्दामा पक्राउ परेका राम ले धरौटीको लागि १० हजार रुपैयाँ तिर्न न सक्दा उनीलाई पुर्पक्षका निम्ति जेल […]

मनोज मोरबैता / प्रविन पण्डित जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास  गरेको छ  । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । विभागका अनुसार […]