११ कार्तिक २०८१, सोमबार
28-10-2024 , Mon
×

प्रमुख समाचार

रुपन्देहीमा जनमत पार्टीको जिल्ला स्तरीय तदर्थ समिति गठन

न्यूजमधेश डेक्स बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ । शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्। सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा […]

न्यूजमधेश डेक्स वीरगञ्ज,३ साउन। पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड […]

विमलबहादुर विष्ट डोटी, ३ साउन। वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ । वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले […]

न्यूजमधेश डेस्क राजविराज ,३ असार । असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुई/दुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क […]

न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो । पार्टीभित्र देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे बैठकमा छलफल हुने उहाँले बताउनुभयो । नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय […]

मनोज बनैता सिरहा, ३ श्रावण । संघीय निजामति कर्मचारी सेवा ऐन विधेयकप्रति निजामति कर्मचारीहरुले असहमति जनाएका छन । शुक्रबार लाहान स्थित मारवाडी सेवा सदनमा गरिएको अन्तरक्रियामा निजामती कर्मचारीहरुले असहमति जनाएका हुन । अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सुरेश मण्डलले सरकारको अलोकतान्त्रिक कदमको निन्दा समेत गरेका छन […]

न्यूजमधेश डेस्क जकपुरधाम,३ साउन।नवलपरासी जिल्लाको रामग्राम नगरपालिकामा डा सीके राउत नेतृत्वको जनमत पार्टीको संगठन विस्तार भएको छ। रामग्राम नगरपालिकाको वडा नं.८ मा शुक्रबार एक कार्यक्रम विच पशुपती चौहानको अध्यक्षतामा १७ सदस्यीय वडा समिती गठन भएको छ। सो कार्यक्रममा जनमत पार्टी नवलपरासीका ईन्चार्ज बिजि चौधरीको समेत उपस्थितमा वडा समिती गठन भएको छ।

मनोज बनैता सिरहा, ३ श्रावण । सिरहाको औरही गाउँपालिकामा एक नेता माथी बम प्रहार गरिएको छ । औरही गा.पा. ५ बस्ने नेकपा नेता तथा पूर्वगाविस अध्यक्ष सुवरण यादवमाथि बम प्रहार भएको हो । अज्ञात समुह द्वारा मध्यरातमा भएको बम प्रहारमा नेता यादव घाइते भएका छन् । घाईते यादवलाई उपचारका लागि सिरहाको सदरमुकाम लगिएको स्रोतले बताएको […]