०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

यादवको समर्थनमा हजारों जनता सडकमा

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।गत पुस २३ गते बुधवार जिल्ला प्रहरी कार्यालय सर्लाही द्वारा पक्राउ गरिएको सर्लाहीका रामबाबु राय यादवको समर्थनमा रिहाइको मांग गर्दै पौष २७ गते आइतवार हजारोंको संख्यामा उंहाको शुभचिन्तक, नागरिक समाज र सर्वसधाहरण बरहथवामा प्रदर्शन गरेका छन् । बरहथवा नगरपालिका लगायत आसपासका १०-१२ गाउँका हजारोंको संख्यामा सर्वसाधाहरण आ-आफ्नो गाउँको नाम बैनरमा राखी प्रदर्शनमा […]

न्यूजमधेश समचारदाता जनकपुरधाम,२८ पुस । जनकपुरधामकी प्रथम सहीद महिला पत्रकार उमा सिंहको नाममा जनकपुरधाम उपमहानगरका लालकिशोर साहले पाँच लाखको अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । भ्रमण वर्षलाई सघाउन आइतबार भिजिट मधेसद्वारा आयोजित तराई मधेस पर्यटन प्रवद्धन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख साहले शहीद पत्रकार सिंहको नाममा पाँच लाखको अक्षय कोषको घोषणा […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२८ पुस।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघको केन्द्रिय बैठक तथा प्रशिक्षण कार्यक्रम आज जनकपुरधाममा हुने भएको छ। जनकपुरधाम स्थित गोपाल धर्मशालामा हुने प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथीमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउत रहेको विद्यार्थी जनमत संघकाज अध्यक्ष पोषण यादवले जानकारी दिएको छ। यादवले भने प्रशिक्षण कार्यक्रममा मधेशका […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२७ पुस ।जनकपुरधाम उपमहानगरपालिकामा कार्यरत महिला कर्मचारीहरुले महिला माथि कुटपिट गर्नेहरुमाथि कानुनी कारवाहीको माग सहित जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र वुझाएको छ ।   उपमहानगरपालिकामा कार्यरत महिला संघर्ष समितिले आइतवार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेललाई ज्ञापनपत्र वुझाउदै पाचदिन भित्र कानुनी कारवाहीको अल्टीमेटम दिएको छ । दिइएको समयसिमा भित्र माग पुरा नगरिए कालोपर्टी बांधेर […]

न्यूजमधेश समाचारदाता साउदी,२७ पुस। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदीको दोस्रो महाधिवेशन सम्पन्न भएको छ। निर्मल कुमार मण्डलको अध्यक्षतामा दोस्रो पटक नयाँ कार्यसमिति निर्वाचित भएको छ।एनआरएमए सऊदीका सह अध्यक्षमा अधिकारी उपेन्द्र यादव, वरिष्ठ उपाध्यक्षमा त्रिलोकी साह, उपाध्यक्षमा बुधेश्वर महरा, रामस्वरूप मण्डल, बिकु यादव, महासचिवमा अशोक साह, सह महासचिवमा सुरेन्द्र […]

न्यूजमधेश समचारदाता जलेश्वर, २७ पुस ।महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कम्प्युट शिक्षक नहुँदा कम्प्युटर अलपत्र अवस्थामा पुगेका छन् । प्राविधिक शिक्षा पाउनबाट बालबालिका बञ्चित हुन पुगेका छन् । विद्यालयको भण्डारणमा १५ कम्प्युटर, १८ सिसीटिभी र एक थान एलसिडी थन्किएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत […]

न्यूजमधेश समाचारदाता राजविराज,२७ पुस । पत्रकार लोकेन्द्र बूढाथोकीको स्मरणमा नेपाल पत्रकार महासंघ शाखा सप्तरीले शनिबार राजविराजमा कार्यक्रमको आयोजना गरेको छ । यो शाखाले प्रत्येक बर्ष लोकेन्द्र स्मृति दिवस मनाउँदै आएको छ । शनिबार आयोजना गरिएको लोकेन्द्र स्मृति कार्यक्रममा तीन जनालाई पुरस्कृत गरिएको छ । एक जनालाई लाकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट तथा बाँकी अन्य दुई जना […]

न्यूजमधेश समाचारदाता जनकपुरधाम,२७ पुस।धनुषाको विदेह नगरपालिका वडा नं.१ ठाडीझिजाको सुकुम्वासी बस्ती शनिबार बिहानदेखि क्रासमा थिए । कोही घरमाथि डोजर चल्ने डरले चिन्तित थिए त कोही घर भत्किएपछि कहाँ वस्ने ? चिन्तामा । बृद्ध, बृद्धाहरु भन्ने यसपालिको जाडोमा कठिङ्गरीएर मर्ने चिन्तामा थिए भने सुत्केरी महिलाहरु गर्भको बच्चालाई कसरी जोगाउने भन्दै उपाय नपाएर चिन्तामा थिइन् । उनीहरु […]