०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

सप्तरीमा जङ्गली जनावरको आक्रमणबाट महिलाको मृत्यु, वृद्ध घाइते

न्यूजमधेश समाचारदाता राजबिराज,२८मंसिर।सप्तरी जिल्लाको पुर्वी भेगमा जङ्गली जनावरको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने एक बृद्ध घाईते भएको छ । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ की मिना सदाकी पत्नि ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणमा परी मृत्यु भएको हो। घर नजिकै जंगलमा खर काट्न गएकी सदालाई बँदेलको आक्रमण परी घाइते पश्चात् स्थानीय […]

न्यूजमधेश समाचारदाता विरगंज,२८ मंसिर। डा सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रिय कमिटीको बैठक शनिबार विरगंजमा सम्पन्न भएको हो। डा राउतको अध्यक्षतामा पर्सा जिल्लाका विरगंज महानगरपालिका वडा नं.१९ विंध्यवासिनी स्थित रहेको विंध्यवासिनी मन्दिरको धर्मशालामा केन्द्रिय कमिटीको बैठक शनिबार सम्पन्न भएको छ। उक्त बैठकबाट पार्टीका दुईटा जनवर्गीय संगठनको केन्द्रिय संयोजकसमेत चयन गरेको हो। जनमत पार्टीका जनवर्गीय संगठन […]

न्यूजमधेश समचारदाता जकपुरधाम,२८ मंसिर।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु हुने गरी प्रदेश २ का आस्था राजधानी धनुषामा गराइएको बम विष्फोटका दोषीलाई जसरी पनि पक्राउ गरी छाड्ने बताएको केहि घण्टामै धनुषा प्रहरीले सो घटनाको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। एक प्रहरी निरीक्षक र एकै घरका बाबु छोराको ज्यान जाने गरी गराइएको […]

सौगात अधिकारी जनकपुरधाम, २८ मंसिर । धनुषाको महेन्द्रनगरमा मध्यरातमा शक्तिशाली बम बिष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् । शुक्रबार मध्यरातमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं.५ स्थित महेन्द्रनगरमा इलाका प्रहरी कार्यालय भन्दा करीब चार सय मिटर दूरीमा शक्तिशाली बम बिष्फोट हुँदा स्थानीय ४६ वर्षीय राजेश्वर साह र […]

न्यूजमधेश समाचारदाता काठमाडौ, २७ मंसिर।एनसेलले ‘रिचार्जमा चमत्कार’ योजनाअन्तर्गत सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापालाई जनही २ लाख नगद पुरस्कार हस्तानतरण गरेको छ। राउत तेस्रो हप्ताको विजयी ग्राहक मध्येका एक हुन भने थापा दोस्रो हप्ताको पाँच विजयी ग्राहकमध्येका एक हुन्। राउत र थापालाई बिहीबार एक कार्यक्रममाझ एनसेल सेन्टर कुमारीपाटीबाट नगद पुरस्कार हस्तान्तरण गरिएको हो। […]

सोलिन्द्र चौधरी काठमाडौं,२६ मंसिर।सिन्धुलपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार सिन्धुपाल्चोकको शर्माथाङ केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ बजेर ११ मिनेटमा ४‍.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासका जिल्लामा पनि महसुस गरिएको छ।

न्यूजमधेश समाचारदाता काठमाडौ ,२५ मंसिर।सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण विजेतालाई जनही ९ लाख रुपैयाँ प्रदान गर्ने भएको छ। त्यस्तै रजत विजेतालाई ६ लाख र कास्य विजेतालाई ३ लाख प्रोत्साहनस्वरुप प्रदान गरिने भएको छ। फुटबलमा स्वर्ण जितेका खेलाडीलाई भने जनही पाँच लाख दिने सरकारले घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरूलाई राहत […]

न्यूजमधेश समचारदाता बारा,२५ मंसिर।बारामा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । जिल्लाको परवानीपुर गाउँपालिका वडा नं– ५ गण्डक बहुअरीमा रहेको प्रेष्टिज मेट्रस इण्डस्ट्रीजमा कार्यरत रहेका मजदुरहरु विगत ११ दिन देखी इण्डस्ट्रीजको मूल गेटमा धर्ना दिएर प्रदर्शन सुरु गरेका हुन् । आन्दोलन अखिल नेपाल उद्योग मजदुर संघ प्रेष्टिज मेट्रस इकाई कमिटीका अध्यक्ष अरुण कुमार […]