०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सम्पन्न

जनकपुरधाम ,२८ कार्तिक । घोषिन उत्थान मंच नेपालका १३ औं वार्षिक साधारण सभा सप्तरीको पौरतहामा सम्पन्न भएको छ। मंगलबार सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका -३ पौरतहामा घोषिन उत्थान मंच नेपालका अध्यक्ष सोभित लाल पगहियाको अध्यक्षतामा भएको मंचको १३ औं वार्षिक साधारण सभा कोशी प्रदेशका प्रदेश सांसद रामदेव अरगरियाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। सो कार्यक्रममा डा.नागेन्द्र […]

जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ । सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ । लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा […]

सिरहा । नेपाली कांग्रेसबाट बिद्रोह गर्दै मिर्चैयाका युवा नेता रामेश्वर यादव (मरर) जनमत पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार औपचारिक रूपमा जनमतमा प्रवेश गरेका हुन् । नेता यादवलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष एवं सांसद डा. सिके राउतले अबिर र खादा लगाई पार्टीमा स्वागत गरे । मधेश आन्दोलनपछि राजनीतिमा पूर्ण सक्रिय यादव मिर्चैया क्षेत्रमा स्थापित […]

राजविराज । सप्तरीमा बुधबार जनता समाजवादी पार्टी (जसपा) नेपालको समानान्तर जिल्ला कमिटी गठन भएको छ। जिल्ला अध्यक्ष र प्रदेश कमिटीका मुख्य सचिवले मनोमानी गरेर संगठन ध्वस्त बनाएको आरोप लगाउँदै वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद यादवको नेतृत्वमा ५७ सदस्यीय जिल्ला समानान्तर कमिटी गठन भएको हो। राजविराजस्थित जिल्ला समन्वय समितिमा आयोजित जिल्ला भेलाले यादवको अध्यक्षतामा गठन गरेको कमिटीमा निलेश […]

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रहरी समायोजनका लागि संघीय सरकारलाई ज्ञापनपत्र बुझाउने बताएका छन् । जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले संविधान बनेको ८ वर्ष र प्रदेश सरकार बनेको ६ वर्ष भइसक्दा पनि अधिकार नपाएको बताएका हुन् । मुख्यमन्त्री यादवले संघीय सरकारलाई प्रहरी समायोजन गर्न भएपनि अहिलेसम्म प्रदेशको मातहतमा नआएको मुख्यमन्त्री यादवले बताए । […]

जनकपुरधाम । मधेशमा चुरे बचाऊ अभियान एवं यसमाथि चर्चा, परिचर्चा, बहस, छलफल, अन्तरक्रिया र संवाद जारी रहेकोे अवस्थामा सरकारले संसदमा यसविपरीत विधेयक लगेको छ । सरकारका तर्फबाट वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोले ढुंगा, गिट्टी र बालुवा भारत लगायत अन्य देशमा निकासी पैठारी सम्बन्धी विधेयक सदनमा लगेका हुन् । जसको मधेशमा चौतर्फी विरोध सुरु […]

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन […]

काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जना पक्राउ परेका छन् । मङ्गलवार काठमाडौँ, स्याङ्जा, डडेल्धुरा र अछामबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौँको नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको […]