०८ कार्तिक २०८१, शुक्रबार
25-10-2024 , Fri
×

प्रमुख समाचार

ईन्जिनियर कापर जनमत पार्टीमा प्रवेश

काठमाडौं ।ईन्जिनियर बिपिन कापर जनमत पार्टीमा प्रवेश गरेका छन। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रमबीच इन्जिनियर बिपिन कापर जनमतमा प्रवेश गरेका हुन। इन्जिनियर कापरलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेका छ्न।साथै, इन्जिनियर कापरलाई अध्यक्ष डा.राउतले पार्टीको सदस्यतासमेत प्रदान गरेका हुन। इन्जिनियर कापर सर्लाही जिल्लाको ब्रहमपुरी गाउँपालिका ५ […]

सिरहा । हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषाको सीमामा रहेको कमला नदीको पुल शिलान्यास भएको १२ वर्ष भइसक्यो । तर राज्य र निर्माण कम्पनीको चरम लापरबाहीले कमला नदीमा पुल बनेको हेर्ने स्थानीयको धोको अझै पूरा भएको छैन । २०६८ मंसिरमा कमला नदीमा पुल बनाउन शिलान्यास भएपछि स्थानीयले आफ्ना लागि राज्य छ भन्ने महसुस गरे । ४ […]

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। उक्त प्रकरणअन्तर्गत सरकारी किर्तेमा २९० जनालाई प्रतिवादी बनाइ केही बेरअघि मुद्दा दायर गरिएको हो। सरकारी किर्तेमा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ। उक्त प्रकरणमा संगठित अपराधमा मुद्दा दिन नमिल्ने देखिएकाले सरकारी किर्तेमा मात्र […]

काठमाडौं। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जिल्ला समन्वय समितिलाई साधन स्रोत र कर्मचारीको अभाव हुन नदिइने प्रतिबद्धता व्यक्त गरेकी छन् । जिल्ला समन्वय समिति महासङ्घले आज यहाँ आयोजना गरेको ‘जिल्ला समन्वय समिति समन्वय तथा अनुगमन राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले जिससमा दरबन्दीअनुसारका कर्मचारीको व्यवस्थापनक लागि शीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् […]

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तर पूर्वी भू-भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भूभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ। आज कोशी, मधेस र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, […]

सप्तरी । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल […]

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवलाई बिहीबार साँझ काठमाडौंबाट अख्तियारले नियन्त्रणमा लिएको छ । पालिकाका कर्मचारी घुससहित पक्राउ परेपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिएपछि बिरामी भएका यादव अख्तियारको निगरानीमा वीर अस्पताललमा उपचाररत छन् । गत साउन ३१ गते सोलार बत्ती जडान योजनामा उपभोक्ताबाट दुई लाख नगद र तीन लाखको चेक […]

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए। उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले […]