०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

सरकारले ल्याएको बजेटको समर्थन नगर्ने जनमत पार्टीको निर्णय

काठमाडौं,१३ असार । जनमत पार्टीले सरकारले ल्याएको बजेटलाई समर्थन नगर्ने निर्णय गरेको छ । जनमत पार्टी राष्ट्रिय अध्यक्ष डा. सिके राउतको अध्यक्षतामा पार्टीको बसेको संसदीय दलको बैठकले गरीबमारा, मधेश विरोधी, जनतामारा, असमान बजेटलाई समर्थन नगर्ने निर्णय गरेको बताएको छ। ‘देशकै अर्थतन्त्र धराशायी भइराखेको बेलामा लूटतन्त्रमुखी कार्यकर्ता पोस्न ल्याइएको असमान बजेट कुनै पनि हालतमा स्वीकार्य छैन।’,उनले […]

जनकपुरधाम,१२ असार।संघीय सरकारले ल्याएको बजेट मधेश विरोधी रहेको भन्दै जनमत पार्टीले सप्तरीमा प्रदर्शन गरेका छ्न। मंगलबार जिल्लाको कञ्चनपुर बजारमा जनमत पार्टीको नेताकार्यकर्ताहरुले मधेश विरोधी बजेट मुर्दावाद,गरिब विरोधी बजेट मुर्दावाद ,असमान बजेट मुर्दावादको नारासहित विरोध प्रदर्शन गरेका हुन। सो विरोध कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागीता रहेको थियो।

सिराह,१२ असार । सिरहाको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका गार्डको हत्या भएको छ । मिर्चैया नगरपालिका–८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । उनी ८ महिनादेखि कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

परासी,१२ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा छोराले आमाको हत्या गरेका छन् । स्थानीय ५० वर्षीय बुद्धिरानी मुसहरलाई उनका छोरा २५ वर्षीय शिवकुमारले हत्या गरेका हुन् । पारिवारिक विवादको क्रममा छोरा शिवकुमारले आमालाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए । हतियारले घाँटीमा लागेपछि […]

काठमाडौँ,१२ असार। बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलवार काठमाण्डाैबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शाहलाई पक्राउ गरिएको ब्युरो प्रमुख एवम् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्रचार्यले जानकारी दिनुभयो । शाह सरकारी सेवामा रहँदा शक्तिको दुरुपयोग गरी ललिता […]

काठमाडौं,१२ असार ।चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) र प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) लाई परिपत्र गरेको छ। महालेखा नियन्त्रक कार्यालयले आइतबार सबै कोलेनिका र प्रलेनिकालाई पत्र पठाउँदै असार २४ गतेपछि भुक्तानी […]

बिरगंज ,१२ असार। वीरगञ्ज महानगरपालिकाले आधा दर्जन इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको छ। पटक पटक तार व्यवस्थापनका लागि समय दिँदा पनि बेवास्ता गरेपछि महानगरपालिकाले छ इन्टरनेट तथा केबल सेवा प्रदायक कम्पनीलाई कारबाही गरेको हो। महानगरपालिकाले तार व्यवस्थापनका लागि काम गरिरहेको र आ–आफ्नो तार व्यवस्थापनका लागि पटक पटक समय दिँदा पनि अटेर गरेपछि […]

जनकपुरधाम ,१२ असार। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत र गैर आवासीय मधेशी सँघको अन्तराष्ट्रिय समितिका पदाधिकारीबिच काठमाडौंमा सोमबार भेटवार्ता भएको हो। काठमाडौंस्थित रहेको जनमत पार्टीको केन्द्रिय सम्पर्क कार्यालयमा अध्यक्ष डा.राउतसंग गैर–आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष ई. शम्भु नाथ साह, उपाध्यक्ष ई. संजय कर्ण, महासचिव डा. श्याम बाबु महतो र कतार च्याप्टरका सल्लाहकार पवन […]