०९ कार्तिक २०८१, शनिबार
26-10-2024 , Sat
×

प्रमुख समाचार

मंगलेश्वर महादेव मन्दिरको वार्षिकोत्सबको अवसरमा तीन दिवसीय कार्यक्रम हुने

जनकपुरधाम,१६ जेष्ठ ।धनुषाको शहिदनगर नगरपालिका-६ हठीपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको प्रथम वार्षिक उत्सवका अवसरमा बिहिवारदेखि तीन दिवसीय कार्यक्रम सुरु हुने भएको छ। यस्तो छ कार्यक्रमको तालिका ।हेर्नुस्

जनकपुरधाम,१६ जेठ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पुर्व कृषिमन्त्री ई.बसन्त कुशवाहाको पलहमा मधेशका योजनाहरु केन्द्र सरकारको बजेट भाषणमा समावेश गरिएको छ । पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को संघीय बजेटमा कृषिसंग सम्बन्धित विभिन्न योजनाहरु समावेश गरिएको हो । जसमध्ये रासायनिक मलका लागी ३० अर्ब अनुदान विनियोजनका कारण मधेश प्रदेशले करीब […]

काठमाडौं,१५ जेष्ठ। सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

जनकपुरधाम ,१५ जेठ। जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण […]

काठमाडौं,१४ जेठ।गौर हत्याकाण्डका दोषीलाई कारबाही माग गर्दै पीडित परिवारले आज (आइतबार) सर्वाेच्च अदालतमा मुद्दा हाल्दै छन्। उक्त हत्याकाण्डमा मारिएका रौतहट बौद्धिमाई नगरपालिका–८ का नर्मदेश्वर उपाध्यायकी पत्नी रूपसागरदेवीले आफूसमेत पीडित परिवारका पाँच जनाले न्यायको माग गर्दै आज सर्वाेच्च अदालतमा निवेदन दिन लागिएको जानकारी  दिए। आज १७ वर्ष भइसक्यो, हामीले न्याय पाउन सकेनौँ’, आइतबार बिहान उनले भनिन्, […]

काठमाडौं, १३ जेठ। जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका डा.राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । […]

काठमाडौं ,१२ जेष्ठ।टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिएकी हुन् । सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा […]

काठमाडौं,१२ जेष्ठ। डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा आज बिहानैदेखी सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टीका नेता बीपी साहले जनाएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।