न्युजमधेस डेस्क तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : आकस्मिक लाभ हुनेछ। व्यापारमा राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापारमा राम्रो छ। मिथुन : आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण […]
न्युजमधेस डेस्क बाँके,४श्रावण। बाँकेको खजुरामा रहेकाे पेडारी नालामा पानीको सतह बढेपछि नेपालगञ्ज–गुलरिया सडक खण्ड जलमग्न भएको छ । पेडारी नाला सडक माथिबाट बग्न थालेपछि सडक खण्ड अवरुद्ध भएको छ । नालामाथिकाे पुल जिर्णसँगै होचो रहेको छ । खजुरामा सडक चार लेनका भए पनि पेडारी नालमा पुल भने सानो रहेको छ । वर्षाैँदेखि अग्लो र बलियो पुल निर्माणका लागि […]
न्युजमधेस डेस्क बाजुरा,४श्रावण। बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा बूढीगङ्गा नदीमा आएकाे बाढीले चार वटा घर बगाएकाे छ । मङ्गलवार राति परेकाे पानीका कारण बूढीगङ्गामा बाढी आउँदा चार वटा घर बगाएकाे नेपाल पत्रकार महासङ्घ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिनुभएकाे छ । बाढीले खेत पनि बगाएकाे उहाँले बताउनुभयाे । क्षतिको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको […]
न्युजमधेस डेस्क काठमाडौ,४श्रावण। विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ […]
न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]
न्युजमधेस डेस्क कैलाली,४श्रावण। बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, […]
न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ […]
न्युजमधेस डेस्क जनकपुरधाम,४ श्रावण। हाल देशभर सामान्य बदली भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित हुँदा मौसममा बदली आएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार बुधबार बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्। लुम्बिनी प्रदेशका केही स्थानमा भने […]