न्यूजमधेश डेस्क विरगंज ,११ असोज। सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय वीरगञ्जले चालू आर्थिक वर्ष २०७८÷०७९ को पछिल्लो दुई महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । पर्साको सिरिसियामा रहेको यहाँ विभिन्न मुलुकबाट भारतको कोलकाता बन्दरगाह हुँदै रेलमार्गबाट कन्टेनरमार्फत नेपालमा सामग्री भित्रिन्छ । यहाँ एकपटकमा ९० वटासम्म कन्टेनरमार्फत विविध सामग्री नेपालमा आउने गर्दछ । गत साउन […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ असोज । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो । हिजो (बिहीबार) ५०० रुपैयाँले घटेर ८९ हजार ६०० रुपैयाँमा झरेको थियो । आज फेरि ६०० रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी […]
राजु विश्वकर्मा लहान, ७ असोज । सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ । स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ असोज ।सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल मूल्य रु दुई हजार ७५२ र मध्यम किसिमको धानको मूल्य रु दुई हजार ९०२ तोकिएको हो […]
न्यूजमधेश डेस्क सर्लाही, ५ असोज । सर्लाही प्रहरीले जाली नोट सहित कारोबारीलाई पक्राउ गरेपनी २५ लाखको लोभमा जाली नोट र कारोबारीलाई छोडिएको घटना उजागर भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका घुमुवा प्रहरी सहायक निरीक्षक मनोज यादव र इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अवधेश यादवले २५ लाख रकम घुस लिए पश्चात् जाली नोट […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ भाद्र। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने चेतावनी दिएकी छन्। नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्। आफ्नो चारदिने भ्रमणमा सुमारले प्रधानमन्त्री […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ भाद्र । धनुषाको विदेह नगरपालिकाले सरकारी खर्चमा मनमौजी गरेको पाइएको छ । विभिन्न कारणले पटक-पटक चर्चामा आइरहने यो नगरपालिकाका मेयर बेचन दासले सरकारी खर्चमै निजी निवासमा सामानहरू खरिद गरेर लगेको पाइएको छ भने नगरपालिकाबाट २५ लाख रुपैयाँ मदिरा पसललाई भुक्तानी गरेको समेत पाइएको छ । त्यस्तै ईन्धनमा समेत मनोमानी खर्च गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं,२७ भाद्र । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाइने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) का नवनिर्वाचित कार्यसमितिलाई आज मन्त्रालयमा आयोजित स्वागत कार्यक्रममा उहाँले राष्ट्रिय महत्वका आयोजनाको कामको अनुगमनमा आर्थिक पत्रकारलाई पनि सहभागी गराइने बताउनुभयो । “मन्त्रालयकले अनुगमनमा तपार्इं पत्रकारहरुलाई संस्थागतरूपमा सहभागी गराउँछ, मन्त्रालयले अनुगमन संयन्त्र […]