०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

अर्थ

माछा पोखरीम बाढी पसेपछि एक लाख बढिको क्षती

न्यूजमधेश डेस्क चितवन ,१२ भाद्र। बुधवार देखी परेको वर्षाका कारण दाजुभाई कृषि फर्मको माछा पोखरीमा बाढि पसे पछि एक लाख बढिको क्षती भएको छ । देवचुली नगरपालिका वडा नम्बर चारमा ज्ञानेन्द्र खनालले संञ्चालन गरेको उक्त पोखरीमा बाढि बस्दा बिक्रिका लागि तयार पारिएको माछा नष्ट भएको हो । कमन, सिल्भर, नैनी माछा रहेको उक्त पोखरीको ड्याम […]

लक्ष्मी साह बारा ,६ भाद्र । ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,४ भाद्र । यातायात व्यवस्था विभागले आगामी सातादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षा सञ्चालनको तयारी गरेको छ । यस सम्बन्धमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सकारात्मक देखिएपछि विभागले आगामी सातादेखि सञ्चालनको तयारी गरेको हो । विभागले मंगलवार ट्रायल खुलाउन सीसीएमसीमा सिफारिश गरेको थियो । सिफारिसपछि विभागका महानिर्देशक नमराज घिमिरे र सीसीएमसीका पदाधिकारीबीच भएको […]

न्यूजमधेश डेस्क काठमाडौं , २ भाद्र । केहीवर्ष अघिसम्म सामान्य कारोबारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक तथा वित्तीय संस्थाले क्रमशः विद्युतीय कारोवारलाई बढावा दिएका छन् । कोरोनाको महामारी आउनुभन्दा पहिले वैकल्पिक प्रणाली जस्तो रहेको विद्युतीय कारोबार अहिले […]

न्यूजमधेश डेस्क सर्लाही ,२५ श्रावण । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा सांसद विकास कोषबाट प्राप्त भएको रु १५ लाख कागजी प्रतिवेदन मै सम्पन्न गरिएको जनगुनासो छ । वडा नं १ को किसनपुरस्थित सडक मर्मतका लागि निकासा भएको सो रकम काम नै नगरी सकिएको आरोप लगाइएको हो । गाउँपालिकाले असार १५ गते नै सडक स्तरोन्नति भइसकेको भन्दै प्रतिवेदन […]

न्यूजमधेश डेस्क सर्लाही, १४ श्रावण । सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् । विगत तीन÷चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक […]

न्यूजमधेश डेस्क राजविराज ,१३ श्रावण । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्रले बाँकी बक्यौता नबुझाउँदा राजविराज नगरपालिका कार्यालयको विद्युत् आपूर्ति लाइन काटिएको छ । लामो समयदेखि विद्युत् महसुल नतिरेका उपभोक्ताको धामाधम लाइन काटिरहेको अवस्थामा प्राधिकरणले राजविराज नगरपालिकको जरिवानाबाहेक रु १६ लाख बाँकी रहेको भन्दै विद्युत् आपूर्ति लाइन काटिएको हो । पटक–पटक ताकेता र पत्राचार गर्दा पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावन ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका एक जना विपन्न परिवारलाई मधेश युवा संघले राहत दिएको हो । नगरपालिका- ९ हथरा टोलका गँगा साफीको परिवारमा आर्थिक अवस्था कमजोर भएपछी स्थानीयहरुको पहलमा मधेश युवा सँघले साफीलाई नगदसहित खाद्यान्न सामग्रीहरु सहयोग गरेका छ्न । शनिबार एक कार्यक्रम विच मधेश युवा संघका अध्यक्ष गणेश साहको नेतृत्वमा साफी परिवारलाई […]