०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अर्थ

तराई-मधेशमा मखानखेती लोप हुँदै

न्यूजमधेश डेस्क जलेश्वर ,१४ कार्तिक । तराई मधेश क्षेत्रकै किसानको आम्दानीको भरपर्दो स्रोत तथा सम्मानको प्रतीक मानिएको मखानखेती महोत्तरीबाट लोप हुन थालेको छ । यहाँ किसानहरूले आम्दानीका लागि खुला ठाउँमा पोखरी बनाई माछा पाल्न थालेपछि मखानखेती लोप हुन थालेको हो । चाडपर्व, पूजाआजा, विवाह व्रतवन्धजस्ता शुभकार्यका साथै श्राद्ध कर्ममा समेत तराई मधेशमा मखानाको प्रयोग हुन्छ […]

न्यूजमधेश सम्बादाता टिकापुर ,१२ कार्तिक । टीकापुर ५ नयाँ टीकापुरकी नेहा तिमिल्सिनाका दुई भैँसी छन् । नेहाले दैनिक १२ लिटर दूध बिक्री गर्नुहुन्छ । भैँसीकै दूध बेचेर नेहाको मासिक आम्दानी रु. २० हजार बढी हुन्छ । विगतमा गृहणीकारुपमा सीमित नेहाले घरमा आवश्यक दूधकै लागि भैँसीपालन गर्नुभएको हो । दूधको बजार खपत राम्रो भएपछि नेहाले दुई […]

अजय कुमार साह जनकपुरधाम ,११ कार्तिक । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको […]

न्यूजमधेश सम्बादाता कैलाली, ७ कार्तिक ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले दशैँ–तिहारलाई लक्षित गरी कैलाली र कञ्चनपुरका खाद्य उद्योगहरुको अनुगमन गर्ने क्रममा नौवटा उद्योगलाई खाद्य ऐनबमोजिम कारबाहीको दायरामा ल्याएको छ । दुवै जिल्लाका २४ वटा पानी प्रशोधन तथा हल्का पेयपदार्थ उत्पादन गर्ने उद्योगहरुको अनुगमन गर्ने क्रममा खाद्य स्वच्छता मापदण्डअनुरुप नपाइएका कैलालीका पाँच र कञ्चनपुरका […]

न्यूजमधेश सम्बादाता बारा ,६ कार्तिक । जिल्लामा यस वर्ष ५५ हजार मेट्रिकटन भदैयाधान उत्पादन भएको छ । कृषि ज्ञानकेन्द्रका अनुसार यस वर्ष कृषकले हर्दिनाथ–१ , चैते–४, राधाजातको भदैया धान गरी कूल ११ हजार ९३१ हेक्टर जमिनमा खेती गरेकामा समयसमयमा पानी परेकाले उत्पादन वृद्धि भएको केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिनुभयो । भदैया धान प्रतिहेक्टर चार […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण महोत्तरी जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ३० भदौ । सरकारले राजश्व परिचालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न नेपाल हालै गठन गरेको राजश्व परामर्श समितिले कार्यारम्भ गरेको छ । त्रिपुरेश्वरस्थित भन्सार विभागको परिसरमा कार्यालय स्थापना गरेर काम थालेको समितिको पहिलो बैठकले समितिको नियमावलीको मस्यौदा तयारी, वाार्षिक बजेट तथा कार्ययोजना तथा सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको लागि […]