न्यूजमधेश डेस्क जनकपुरधाम,२६ भदौ । संयुक्त संघर्ष समिति सघाराले धनुषाको कमला नगरपालिका वडा नम्बर ४ को हिसाबकिताब सर्वाजनिक गर्न माग गरेको छ । विकास निर्माण कार्यमा अनियमितता गरेको भन्दै संघर्ष समितिले हरहिसाब पारदर्शी गर्न माग गर्दै वडा कार्यालयलाई ध्यानाकर्षण गराएको छ। शुक्रबार समितिका संयोजक राम पदार्थ सल्हैताको नेतृत्वमा वडा कार्यालयमा सुचनाको हक प्रयोग गरेर निवेदन […]
न्यूजमधेश सम्बादाता सर्लाही ,२२ भदौ । किसानले उखु बिक्री गरेबापत करिब रु २४ करोड अझै भुक्तानी नगरेको पाइएको छ । जिल्लाको धनकौलस्थित अन्नपूर्ण चिनी मिलले उक्त रकम भुक्तानी दिन बाँकी रहेको उखु उत्पादक किसानले जनाएको छ । उखुको बक्यौता रकम नपाएको भन्दै गत पुसमा काठमाडौंमा आन्दोलन गरेका उखु किसान र सरकारबीच दुई महिनाभित्र भुक्तानी गर्ने […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा तेजाब प्रहारबाट पीडित मुस्कान खातुनलाई आर्थिक सहयोग प्रदान गरेका छन् । गत भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगन्जमा खातुनमाथि दुई युवाले तेजाब प्रहार गरेका थिए । तेजाब प्रहारबाट घाइते उनको अहिले पनि उपचार चलिरहेको छ । ९ कक्षामा […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१८ भदौ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा एक वडाध्यक्ष पक्राउ परेको छ । रोहिणी गाउँपालिका –२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले आज नियन्त्रणमा लिएको छ । सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग रु ४५ हजार घुस मागेको र रु २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भदौ।प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट […]
नानीमैयाँ कटवाल सप्तरी ,८ भदौ । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बन्नुभएको हो । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ । कोरोना भाइरस रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ […]
न्यूजमधेश सम्बादाता बारा, ६ भदौ । मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन् । आज (शनिबार) बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् । प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका […]