०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

अर्थ

वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव

न्यूजमधेश सम्बादाता बुटबल,१७ असार। प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,१७असार । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा […]

न्यूजमधेश डेक्स  जनकपुरधाम ,१५ असार । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधीले बिभिन्न सुविधाको नाममा रकम पाउने भएका छन् । प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधीले यसअघि तलव नै भनेर पाउँदै आएकोमा गत कात्तिक १ गते यसलाई असंवैधानिक भन्दै सर्वाेच्चले दिन रोक लगाएको थियो । यसको लामो समयपछि चुप सेको प्रदेश सरकारले शनिबार मात्रै स्थानीय तहका पदाधिकारी […]

न्यूजमधेश सम्बादाता कैलाली, १४ असार ।धनगढी उपमहानगरपालिकाले पूर्ण लकडाउनका तीन महिनाको भाडामा ५० प्रतिशत मिनाहा गरेको छ । आज उपमहानगरपालिकाले आफ्ना सपिङ कम्प्लेक्सको भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । लकडाउनका कारण व्यवसाय ठप्प भएको भन्दै उपमहानगरपालिकाले गत चैत ११ देखि यही असार १ गतेसम्मको भाडा छुट गरेको नगरप्रमुख नृपबहादुर वडले बताउनुभयो । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार। प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिनुभयो । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ असार ।प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि रु ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६÷७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख कम हो । चालू आर्थिक बर्षमा प्रदेश २ सरकारले रु ३८ अर्ब ७२ करोड ५६ […]

न्यूजमधेश डेस्क जनकपुरधा,३१ जेठ । प्रदेश नं २ सरकारले चालू आर्थिक वर्षभन्दा झण्डै १० अर्ब कम बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि करिब रु २९ अर्बको बजेट ल्याउने भएको छ । गत आर्थिक वर्ष २०७६÷०७७ मा सरकारले रु ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजारको बजेट […]