न्यूजमधेश सम्बादाता सर्लाही ,१६ जेठ । जिल्लाको लालबन्दी नगरपालिका–१ नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रको लिची लकडाउनका कारण हालसम्म ठेक्का लाग्न सकेको छैन । केन्द्रले प्रथमपटक रु १४ लाख १० हजार ३०२ मूल्य राखेर बढीबढाउ प्रक्रियामा गत २४ वैशाखमा १५ दिने सूचना जारी गरेको थियो । सो अवधिमा आवेदन नपरेपछि केन्द्रले फेरि दोस्रोपटक सूचना जारी गरेको […]
सोलिन्द्र चौधरी काठमाण्डू ,१५ जेठ । चालू आर्थिक वर्षको तुलनामा आगामी आवको बजेट रु ५८ अर्ब ३२ करोड ७१ लाखले घटेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आवका लागि आज सङ्घीय संसद्मा पेश गर्नुभएको बजेट रु १४ खर्ब ७४ अर्ब ६४ करोडको रहेको छ । चालू आवका लागि गत जेठ १५ गते प्रस्तुत गरिएको […]
न्यूजमधेश सम्बादाता काठमाण्डू ,१५ जेठ। सरकारले आगामी आर्थिक वर्षदेखि ‘नेशनल पेमेन्ट गेटवे’ सञ्चालनमा ल्याई नेपालभित्रका सबै प्रकारका भुक्तानी फरफारक हुने व्यवस्था मिलाउने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आवको बजेट वक्तव्यमा विद्युतीय भुक्तानी कारोबारको लागत घटाउँदै नगदरहित कारोबारलाई प्रोत्साहन गरिने उल्लेख छ । मन्त्री खतिवडाले विद्युत्, […]
हिमांशु चौधरी जनकपुरधाम ,३ जेठ । जानकी मन्दिरको सम्पत्ति मासिँदै गएको तथ्य एउटा उच्चस्तरीय कार्यदलको प्रतिवेदन पुस्तकमा जनाइएको छ । सरकारद्वारा विसं २०६२ साउन २६ गते भोजराज घिमिरेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलद्वारा प्रस्तुत अध्ययन प्रतिवेदन पुस्तकमा सो तथ्यतर्फ सरकारको ध्यानाकर्षण गराइएको पाइएको छ । बृहत्तर जनकपुर विकासद्वारा प्रकाशित सो प्रतिवेदन पुस्तकमा मन्दिरको जग्गा सन्दर्भमा जानकी […]
न्यूजमधेश सम्बादाता मलगंवा ,२५ बैशाख । भारतबाट आएको ट्रकबाट विराटनगरमा भारतीय रुपैयाँ बरामद भएको एक दिन नबित्दै प्रदेश २ को सर्लाहीमा पनि भारतीय ट्रकबाट भारतीय रुपैया बरामद भएको छ । सशस्त्र प्रहरीको टोलीले सर्लाही सदरमुकाम मलंगवा नगरपालिका २ बाट १७ लाख ९० हजार नेपाली रुपैयाँ र ४ हजार भारतीय रुपैयाँ बरामद गरेको छ । उक्त […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ बैशाख।।मारवाडी सेवा समिति जनकपुरले शुक्रवार रक्तदान गरेकोछ ।समितिको भातृ संगठन मारवाडी युवा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष मौसम बजाजले जनाए । प्रादेशिक अस्पताल परिसरमा रहेको रेडक्रसको ब्लड बैंकमा रगतको अभाव देखिएपछि युृवा मञ्चले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए ।समाजका युवा, महिला, पुरुषले समाजिक दुरीको अनुशासनलाई […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२३ चैत्र । देशमा कोरोना भाइरस संक्रमणबाट जोगिन खडा गरिएको कोषमा संघीय र प्रदेशका साँसदहरुले रकम घोषणा गरेर जनतामा भ्रम सृजना गर्न थालेका छन् । संसदीय कोषको रकम कोरोना भाइरसबाट जोगिन खडा गरिएको कोषमा जम्मा गर्न नमिल्ने कानुनी प्रावधानबारे विज्ञ रहेपनि सर्वसधारण माझ ठूला दानवीर देखाउन केहि करोड रकम उपलब्ध गराउने घोषणा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१९ चैत्र। प्रदेश २ सरकारले स्थापना गरेको विश्वव्यापी रुपमा फैलिएको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा नेपाल बैंक लिमिटेडले रु पाँच लाखको सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतलाई आज जनकपुरस्थित बैंकका प्रतिनिधिले रु पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । यसअघि सो कोषमा सिद्धार्थ बैंक, कृषि विकास बैंक र […]