०५ मंसिर २०८१, बिहिबार
21-11-2024 , Thu
×

शिक्षा

‘शैक्षिक गुणस्तर विकासका लागि प्रदेशमा शैक्षिक पार्क बनाइने’

जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन […]

जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् । उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा […]

जनकपुरधाम,२३ साउन । मधेश प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेश प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षिक सुधारको लागि अनुरोध गरेका छन् । मधेश प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय सदस्य ममता पाठक,मधेश प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा आमुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल […]

जनकपुरधाम,२२ साउन । शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले एसइईको पूरक(गे्रड वृद्धि) परीक्षालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएकी छन् । सोमबार जनकपुरधाममा आयोजित संचारकर्मीहरुसित छलफल कार्यक्रममा बोल्दै मन्त्री तिवारीले परीक्षा मर्यादित बनाउनमा सहयोगका लागि अभिभावकहरुमा समेत आग्रह गरिन् । परीक्षामा चिट चोरीले विद्यार्थीको भविष्य खराब भइरहेको छ, उनले भनिन्–कुनै अभिभावकले आफ्नो सन्तानको […]

काठमाडौँ । बूढानीलण्ठ नगरपालिका– १२, कपन फैँकाकी नीरा कोइराला उमेरले ५१ वर्ष पुग्नुभयो । उहाँ ओखलढुङ्गाको रातमाटेमा जन्मिनुभएको हो । सानोमा उहाँले विद्यालय टेक्नै पाउनुभएन । “छोरी मान्छेको जात अरुको घर जाने हो किन पढ्नुपर्‍यो भन्ने चलन थियो”, उहाँले भन्नुभयो, “पढ्ने उमेर घाँसपात मेलापात गर्दैमा बित्यो । बिहेपछि छोराछोरी हुर्काउँदै ठिक्क भइयो ।” उहाँका चार […]

सिरहा । जिल्लाको लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरण, जनशक्ति व्यवस्थापन तथा विद्यालयको भौतिक स्तरोन्नतिमा जोड दिएको छ । नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यावहारिक र प्रविधिमैत्री बनाउन एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र कक्षा कोठा सुधारका लागि आर्थिक वर्ष २०७९÷८० मा रु छ करोड र यस […]

नवलपरासी । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई)मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । विसं २०८० को एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक विद्यालय र तीन वटा संस्थागत विद्यालयको नतिजा शून्य आएको हो । जिल्लामा शून्य नतिजा ल्याउने विद्यालयमध्ये मध्यविन्दु नगरपालिकामा चार, गैँडाकोट नगरपालिकामा दुई , हुप्सेकोट […]

झापा । दमक नगरपालिकाले शैक्षिक सत्र २०८० मा उत्कृष्ट कार्यसम्पादन र शैक्षिक सुधार गरेको भन्दै एक विद्यालय र एकजना शिक्षकलाई पुरस्कृत गरेको छ । नगरपालिकाले कार्यसम्पादन मूल्याङ्कनका आधारमा सामुदायिक विद्यालयको मापदण्ड तथा शैक्षिक सुधारसम्बन्धी सूचकलाई पालना गर्ने एक विद्यालय र एकजना शिक्षकलाई नगदसहित पुरस्कृत गरेको हो । नगरले तोकेका मापदण्डको पालना गर्दै शैक्षिक सुधारमा योगदान पु¥याउने […]