०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

अन्तराष्ट्रिय

अफगानिस्तानमा तालिबान प्रदर्शनमा चारको मृत्यु

न्यूजमधेश डेस्क काठमाडौं ,२७ भाद्र । अफगानिस्तानमा अहिले पनि तालिबानको विरोध गर्दै प्रदर्शन भइरहेको बताइएको छ । ती प्रदर्शनमा केही मानिस हताहत भएका समाचारमा जनाइएको छ । यस्तै तालिबान विरोधी प्रदर्शनका क्रममा शनिबार मात्र पनि चार जनाको मृत्यु भएको बताइएको छ । राजधानी काबुलमा भेला भएका मानिसमाथि तालिबानीले बल प्रयोग गरेर दमन गरेको बताइएको छ […]

न्यूजमधेश डेस्क ढाका ,२७ भाद्र । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनीपछि आजदेखि विद्यालय खुलेका हुन् । राजधानीको एक विद्यालयमा आइतवार विद्यार्थीहरूलाई फूल र मिठाइले स्वागत गरिएको थियो । विद्यालय प्रशासनले प्रवेशद्वारमा विद्यार्थीको तापक्रम नापिरहेको देखिन्थ्यो।आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थीहरूलाई कक्षाकोठामा प्रवेश गराइएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ भाद्र । हवाई टिकट काट्ने पैसासमेत नभएर नेपाल आउन नपाई कतारमा अलपत्र परेका चार श्रमिकलाई त्यहाँस्थित नेपाली दूतावास र गैरआवसीय नेपाली सङ्घ, कतारको पहलमा उद्धार गरिएको छ । कतारको रोजगारी गुमेपछि स्वदेश फिर्तीको प्रतिक्षामा रहनुभएका बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का विकास शाही, काठमाडौँकी अस्मिता लामा, भोजपुरका मोहन पौडेल र महोत्तरीका उदयकुमार […]

न्यूजमधेश डेस्क काठमाडौं ,१६ भाद्र । अफगानिस्तानबाट नेपालीलाई यथाशक्य चाँडो उद्धार गरी स्वदेश फर्काउन क्रम जारी रहेको जनाउँदै सरकारले त्यहाँबाट उद्धार गरिएका नौ जना आज यहाँ आइपुगेका बताएको छ । काबुलमा उद्धार उडानको प्रतीक्षामा रहेकाहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको पनि उक्त […]

न्यूजमधेश डेस्क  जनकपुरधाम ,१५ भाद्र । अब विस्तारै दुःखको दिन जान्छ र सुखको दिन आउँछ । विनिता देवीले आठ बर्षअघि मनमा यही सोचेकी थिइन् । ऋण तिर्ने, दुई सन्तानलाई राम्रो शिक्षा दिने, एउटा घर बनाउने, सहज जीवन बिताउने सोचेरै धनुषाको कमला नगरपालिका–७ सिंग्याही मडानकी उनले आफ्ना पति दुखी मण्डललाई साउदी अरबतर्फ विदा गरिन् । पतिलाई […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ भाद्र । अफगानिस्तानको पछिल्लो विषम राजनीतिक परिस्थितिपछि नेपाल सरकारले त्यहाँबाट हालसम्म ६५४ नेपालीको उद्धार गरेको छ । अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिक नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका क्रममा पछिल्लो पटक आइतबार राति फ्लाई दुबईको उडानबाट ३९, सोमबार टर्किस एयरबाट सात तथा कतार एयरको उडानबाट […]

न्यूजमधेश डेस्क काठमाडौं,३२ श्रावण । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासीनले पदबाट राजिनामा दिनुभएको छ । उहाँले आफ्नो राजिनामा राजा समक्ष बुझाउनुभएको विज्ञान मन्त्री खैरी जमालुद्दीनले इन्स्टाग्राममा जानकारी साझा गर्नुभएको एएनआईले उल्लेख गरेको छ । प्रधानमन्त्री यासीनले सोमबार मध्यान्ह राजालाई भेटन पुग्नुभएको थियो । मन्त्रीपरिषद्का सदस्यहरुले दिएको राजिनामासहितको पत्र लिएर उहाँ राजा कहाँ पुगेको बताइएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ श्रावण । अफगानिस्तानमा विद्रोही समूह तालिबानको बढ्दो प्रभाव रोक्न अमेरिकाले हवाई आक्रमणलाई बढाएको छ । अफगानिस्तानको सेनासँगको सहकार्यमा अमेरिकाले लडाकु विमानमार्फत हवाई आक्रमणलाई बढाएको हो । केही समययता तालिबानले विभिन्न सहरलाई नियन्त्रणमा लिन थालेसँगै भएको हवाई आक्रमणमा कयौँ लडाकु मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तालिबानले पनि आक्रमणका घटनालाई बढाउँदै लगेको […]