०६ बैशाख २०८२, आइतबार
20-04-2025 , Sun
×

स्थानीय

इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला

  न्युजमधेस डेस्क सिरहा,७ साउन। मधेस प्रदेशको सिरहा जिल्लाको गोलबजारमा इनारमा डुवेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। गोलबजार नगरपालिका ९ डण्डाका ४५ वर्षिय रामजतन पासवानको शव रहेको आशंका गरेको छ। हिजो बेलुकादेखि हराईरहेका उनको चप्पल र गञ्जी इनार नजीकै फेला परेकाले शव उनकै भएको हुन सक्ने प्रहरीले बताए। आज विहान उनको गञ्जी र […]

न्युजमधेस डेस्क, जनकपुरधाम,७ साउन।  जनकपुरधाम उपमहानगरले साताको एक दिन शुक्रबार पैदल वा साइकलमा मात्र कार्यालय आउने अभियान सुरु गरेको छ । शुक्रबार नगरप्रमुख मनोजकुमार साह, उपप्रमुख किशोरी साहसहितका जनप्रतिनिधि तथा कर्मचारीले साइकलमा नगर परिक्रमा गरी अभियान थालेका हुन् । ‘अबदेखि जनप्रतिनिधि र कर्मचारीहरू शुक्रबार पैदल वा साइकलमा कार्यालय आउँछन् । अर्को शुक्रबारदेखि उनीहरूको मोटरसाइकल उपमहानगर परिसरमा प्रवेश निषेध […]

न्युजमधेस डेस्क काठमाडौ, ७ साउन। सामाजिक न्याय स्थापना गर्न कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षाभत्ता प्रदान गर्न थालेका छन् । समाजमा एकल महिलाभन्दा एकल पुरुषको जीवन कष्टकर बनेको गुनासो आएपछि कतिपय स्थानीय तहले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता प्रदान गर्न थालेका हुन् । विवाह नगरी बसेका वा विवाह गरी श्रीमतीको निधन भएको […]

न्युजमधेस डेस्क राशिफल,७ साउन। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेष : आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार […]

न्युजमधेस डेस्क काठमाडौ,६ साउन। प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ श्रावण। रोपाइँ गरेर धानबालीका लागि पानी पर्खेका किसानलाई धेरै राहत भएको छ । शुक्रबार बिहानैदेखि मुसलधारे वर्षा भएपछि धनुषा सहित मधेसका किसानलाई राहत महसुस भएको हो । मध्य असारबाट पानी नपर्दा खेतको धान सुक्न थालेको थियो । आली भर्ने गरी पानी परेपछि भने धेरै राहत भएको सबैला नगरपालिका–९ भठिहन टोलका कृषक पवन रायले […]

न्युजमधेस डेस्क रौतहट,६ साउन। दाइजोको निहुँमा सन्जुलाई घाटी दबाएर हत्या गरिएको आफन्तले आरोप लगाएका छन्। राैतहट बृन्दावन नगरपालिका-६ सिसवा धमाैराकी २० वर्षीय सबिता भन्ने सन्जु कुमारी दासको दाइजोका कारण घाँटी दबाएर हत्या भएको आफन्तले दाबी गरेका छन् । गत साउन ०२ गतेमा हत्या भएकाे पारिवारिक स्राेतले जनाएको हाे । सन्जुका माइती पक्ष कटहरिया वडा नम्बर […]

न्युजमधेस डेस्क जनकपुरधाम,६ साउन। मधेश प्रदेशमा आर्थिक वर्ष ०७८÷०७९ मा सडक दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएको छ । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लाको विभिन्न ठाउँमा भएका पाँच हजार ७११ सवारी दुर्घटनामा ५८५ जनाको मृत्यु भएको हो । ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख […]