०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

स्थानीय

जयनगर–कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तार हुँदै

न्युजमधेस डेस्क जनकपुरधाम,५ साउन। भारतको जयनगरदेखि जनकपुरधाम–कुर्थासम्म सञ्चालन भइरहेको राष्ट्रिय गौरवको आयोजनामध्येको रेल सेवाले आफ्नो थप सेवा विस्तार गर्न लागेको छ । यही साउन ३० गतेदेखि जयनगरदेखि विजलपुरासम्म थप सेवा विस्तार गर्ने भएको हाे । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जयनगर–जनकपुर कुर्थासम्म सञ्चालन भइरहेको रेल सेवा अब विजलपुरासम्म थप सेवा विस्तारको तयारीमा लागेको जानकारी […]

न्युजमधेस डेस्क सिरहा,५ साउन। सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् । पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु […]

न्युजमधेस डेस्क जनकपुरधाम,५ साउन। जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । डाेटीका पालिकाले केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएकाे पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर […]

न्युजमधेस डेस्क महोत्तरी,५ साउन। दुई मोटरसाइकल एक-आपसमा ठोक्किएर  दुर्घटना हुँदा एकजना युवकको घटनास्थलमै ज्यान गएको छ भने एकजना गम्भीर घाइते भएका छन् । महोत्तरीको गौशाला नगरपालिका-२ निगौल सडक खण्डमा बुधबार पेट्रोल पम्प नजिकै दुई मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । उक्त दुर्घटनामा अ‍ौरही नगरपालिका २ बस्ने २४ वर्षीय विवेक यादवको मृत्यु भएको प्रहरीले जनाएको […]

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ […]

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ […]

न्युजमधेस डेस्क जनकपुरधाम,५श्रावण। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने […]

न्युजमधेस डेस्क तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : आकस्मिक लाभ हुनेछ। व्यापारमा राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। वृष : रोकिएका काम बन्नेछन्। रोगबाट मुक्ति मिल्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा पुग्नेछ। व्यापारमा राम्रो छ। मिथुन : आरोप लाग्नसक्छ। पुराना साथीभाइबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। शिव भगवानको स्मरण […]