न्यूजमधेश डेस्क जलेश्वर ,७ श्रावाण । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–४ डाम्ही गाउँस्थित महारानी मन्दिरका पूजारीको आज बिहान १२५ वर्षको उमेरमा निधन भएको छ । पचास वर्ष अघिदेखि निरन्तर उक्त मन्दिरको पूजा गर्दै आउनुभएका बाबा वैदेही दासको आज बिहान ७ बजे निधन भएको हो । भारतको आसाम राज्यको कारीकामाख्या मन्दिरमा बसी तन्त्रविद्या र योगमा सिद्धि प्राप्त […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ असार। सिराहाबाट तिर वर्षीय बालक बेपत्ता भएका छन् । जिल्लाको मिर्चैया नगरपालिका ३ बलुवाटोल बस्ने श्रवन यादवका तिन वर्षीय छोरा संसार यादव (गोलु ) आइतबार साँझादेखि बेपत्ता भएका छन् । घर भन्दा १ सय मिटर उत्तर चौरमा खेलिरहेका बालक हराएपछि परिवारजनले उनको अपहरणको आशंका गरेका छन् । बालक बेपत्ता हुन् लगतै […]
न्यूजमधेश डेस्क सप्तरी ,२६ असार । वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते खडक नगरपालिका –९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शुक्रबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असार। डा सीके राउत नेतृत्वका जनमत पार्टीका समर्थक हरि मुखियाको शनिबार असमाहिक निधन भएको छ। धनुषाको कमला नगरपालिका ४ घर भएका हरि मुखियाको ५३ वर्षकै उमेरमा आफ्नै गाउँको बरेर्वाको दक्षिण बारी टोलमा गएराती निधन भएको बिलाश मुखियाले जानकारी दिएका छ्न। मुखियाको असमाहिक निधनको खबरले जनमत पार्टी कमला नगरपालिका परिवार स्तब्ध भएका […]
न्यूजमधेश डेस्क कैलाली ,६ असार । सेती प्रादेशिक अस्पतालको ओपिडी सेवा आजबाट सञ्चालनमा आएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरका कारण बन्द रहेको ओपिडी सेवा हाल सङ्क्रमणको दरमा केही कमी भएकाले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पूर्णरुपमा पालना गर्ने गरी सञ्चालनमा आएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । ओपिडी सेवा साविकबमोजिम सञ्चालन हुने […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,६ असार । धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाकामा एकैपटक पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई मुखियापट्टी मुसहरनीया गाउँपालिकाले जनही रु एक लाख ५१ हजार राहत उपलब्ध गराएको छ । पाँचै बालिकाका परिवारलाई गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतोले आज सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । यसअघि प्रदेश सरकारले समेत […]
न्यूजमधेश डेस्क सर्लाही ,३० जेष्ठ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले रोक लगाएको मल वितरण पुनः फुकुवा गरेको छ । प्रशासनले मल वितरणमा लगाएको रोक एक साता नपुग्दै फुकुवा गरेको हो । कोटाभन्दा बढी मल वितरण भएको भन्दै रोक लगाएको प्रशासनले उखु तथा मकै किसानको गुनासोपछि वितरण फुकुवा गर्न आदेश दिएको हो । एक साताअघि धानको मुख्य […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारणले गरिब विपन्नलाई छाक टार्न समस्या भएपछि बिहिवार पार्टीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ र ४ गरि जम्मा चार जना विपन्न परिवारलाई राहत दिनुभएको हो। राहतमा १५ किलो चावल ,२ […]