न्यूजमधेश डेस्क जलेश्वर ,१५ श्रावण । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ । उहाँले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका […]
न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । बन्दाबन्दीको चार महिनापछि होटल तथा रेष्टुराँ व्यवसाय आजदेखि सञ्चालनमा आउँदैछन् । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी यही साउन ६ गतेबाट बन्दाबन्दी अन्त्यको औपचारिक घोषणा गर्दै साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । पर्यटकीय यामलाई समेत मध्यनजर गरी ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी […]
न्यूजमधेश डेस्क महोत्तरी ,१४ श्रावण। महोत्तरीको सदरमुकाम जलेश्वरमा आज करेन्ट लागेर एक कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा जलेश्वर नगरपालिका–८ बस्ने सञ्जय राउतका छोरा १७ वर्षीय रुपेश राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । जलेश्वर नगरपालिका वडा नं. १ स्थित डायमण्ड इन्जिनीयरिङ वर्कशपमा काम गर्दै आएका कामदार राउत […]
गोबिन्द ठाकुर जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ। कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा […]
मनोज बनैता सिरहा, १३ श्रावण । जग्गा फुकुवाको निम्ति बाल बिटौरी तथा गाउँब्लक जग्गा संघर्ष समिति लहान आन्दोलित भएका छन । बाल बिटौरी तथा गाउँ ब्लक जग्गा फुकुवा नहुँदा लहान नगरका करिब २ हजार ५ सय सर्वसाधारण मर्कामा परेको संघर्ष समितिका संयोजक विजय कुमार गुप्ता ले जनाए । समिति द्वारा आयोजित पत्रकार भेलामा बोल्दै संयोजक […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर,८ श्रावण ।अज्ञात समूहले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ को वडा कार्यालयमा गए राति आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको प्रशासन कक्ष, सभा कक्ष र वडासचिवको कार्यकक्षमा क्षति पुगेको छ । कार्यालयका फर्निचर, सोफा, महत्वपूर्ण कागजात, कम्प्युटर, फोटोकपी मेसिन, कार्पेट पूरै जलेको वडाध्यक्ष जगतबहादुर सिंहले जानकारी दिनुभयो । कार्यालय भवनको मुख्य प्रवेशद्वारको ताला फुटाउन […]
एम के माझी सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उक्त आदेशको […]
विमलबहादुर विष्ट डोटी, ५ श्रावण। तोकिएको समयमा पुल निर्माण नहुँदा जिल्लाको शिखर नगरपालिका र आदर्श गाउँपालिकाका स्थानीयलाई निकै सास्ती भएको छ । वर्षौँदेखि पुलको अभावमा यहाँका स्थानीयवासीले निकै समस्या भएको गुनासो गर्ने गरेका छन् । सामान्य कामका लागि आवतजावत गर्न पनि उनीहरुलाई घण्टौँ यात्रा गर्नुपर्ने अवस्था छ । निर्माण कार्य शुरु गरेको वर्षाँै बितिसक्यो तर […]