०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

राष्ट्रिय

राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल विजयी, बादल पराजित

न्यूजमधेश डेस्क काठमाडौं,६ जेष्ठ । विहिवार हेटौंडामा भएको राष्ट्रिय सभा निर्वाचनमा अन्तत डा खिमलाल देवकोटा विजयी भएका छन् । उनले नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई हराएका हुन् । एमालेकै माधव कुमार नेपाल समुहले सहयोग नगर्दा वादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका हुन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ जेष्ठ । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिनुभएको छ । कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ जेष्ठ । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कोरोना संक्रमित बिरामीलाई अस्पताल आउजाउका लागि निस्शुल्क यातायात सेवा शुरु गरेका छन् ।काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित सांसदसमेत रहेका थापाले आफ्नो क्षेत्रमा यस्तो सेवा शुरु गरेका हुन् । साउथ एसिया फाउन्डेसन लगायतका विभिन्न व्यक्तिको सहयोगमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ जेष्ठ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ताबाट बाहिरिएको धेरै भयो । यो बिचमा उनी सत्ता परिवर्तनको खेलमा डटेर लागे । केपी ओलीसँग पनि सत्ताका लागि प्रयास नगरेका होइन । ओलीसँगै वा ओली हटाएर सत्तामा जाने उनको अर्जुन दृष्टि असफल रह्यो । सत्तामा बाहिरिएको र सत्ताको खेल सकिएपछि […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ जेष्ठ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको विद्यमान अवस्था दृष्टिगत गरी राष्ट्रियसभा सदस्य निर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । स्वीकृत मापदण्डअनुसार मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्क स्थापना हुनेछ । मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि पिसिआर रिपोर्ट देखाउन, साबुनपानीले हात धुन तथा स्यानिटाइजर प्रयोग […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ जेष्ठ । मुलुकका विभिन्न क्षेत्रमा चट्याङ लागेर वैशाखमा मात्रै २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङमा परेर अन्य ८४ जना घाइते भएको र ५० चौपायाको क्षति भएको छ । एक महिनामा चट्याङका कारण रु एक करोड ५४ लाख बराबरको आर्थिक क्षति भएको प्राधिकरणले […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ जेष्ठ । नेकपा (एमाले) का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले यो दश दिनको अवधिमा जसपाका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई पटक भेटवार्ता गरेको खुलासा गरेका छन् । भट्टराईले राति १ बजे बालुवाटार पुगेर आफूलाई नै प्रधानमन्त्री बनाईदिन आग्रह गरेको उनको दाबी छ । उनले भने, यो दश […]

गोपाल प्रसाद बराल महोत्तरी ,१ जेष्ठ । चारैतिर निषेधाज्ञाले आवागमन पातलिएका बेला यहाँका वनक्षेत्रमा वन तस्कर र शिकारीको चहलपहल बढेको छ । जिल्लाको गौशाला र बर्दिबास नगरपालिका क्षेत्रमा पर्ने वनमा केही दिनदेखि तस्कर र शिकारीको चहलपहल बढेको वनक्षेत्र नजीकका बासिन्दाले बताएका छन् । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञाको अवधि यही जेठ १० गतेसम्मलाई […]