न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख । जनता समाजवादी पार्टी (जसपा) को बहुमत सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेका छन्। भक्तपुरको एक रिसोर्टमा बिहीबार बसेको जसपाका सांसदहरुको भेलाले महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । स्रोतका अनुसार २० जनाको हस्ताक्षरसहित महतो संसदीय दलको नेता चुनिएका हुन् । यता अध्यक्ष उपेन्द्र यादव, संघीय […]
न्यूजमधेश डेस्क जनकपुरधाम,३१ बैशाख । नेपालमा एक महिनामा अर्थात वैशाखभरीमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । […]
न्यूजमधेश डेस्क काठमाडौं ,३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उहाँलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गर्नुभएको छ । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने […]
न्यूजमधेश डेस्क काठमाडौं,३१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम समुदायको पवित्र पर्व ईदुल–फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै इस्लाम धर्मावलम्बीहरुलाई शुभकामना दिनुभएको छ । अरवी पात्रोको नवौं महिनालाई रमदान भनिन्छ र यस महिनाभर इस्लाम समुदायले बस्ने ब्रतलाई रोजा भनिन्छ । रमदान अवधीभर रोजा बसी नमाज पढेर महिनाको अन्तिम दिन चन्द्रमा उदाएपछि यस पर्वको […]
न्यूजमधेश डेस्क काठमाडौं,३० बैशाख । राष्ट्रपति कार्यालायले प्रधानमन्त्री पदका लागि गरिएको आव्हानमा कसैले पनि दाबी पेश नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले बैशाख २७ गतेदेखि विहीबार ९आज० ३० गतेसम्मका लागि प्रधानमन्त्री पदका लागि आव्हान गरिएको तर त्यसमा कसैको पनि दाबी नपरेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत […]
न्यूजमधेश डेस्क काठमाडौं ,३० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । कांग्रेस, माओवादी र जसपा (उपेन्द्र र बाबुराम) को बहुमत ७६ ९२० अनुसार नयाँ सरकार बनाउन नपुगेपछि ओली दोहोरिने निश्चित भएको हो । राष्ट्रपतिले संविधानको धारा ७६९२० अनुसार बहुमतको गठबन्धन सरकार बनाउन आज राती ९ बजेसम्मको समय दिएकी […]
न्यूजमधेश डेस्क जनकपुरधाम, २९ बैशाख । उमाशंकर अरगरिया अर्थात् जहिल्यै पनि चर्चामा आइरहने सांसद । राजनीति र व्यक्तिगत स्वार्थका लागि नभई जनताप्रति उत्तरदायित्व रहँदै उनी चर्चामा आइरहने सांसद हुन् । कहिले आफ्नो क्षेत्रमा कामको शिलान्यास त कहिले उद्घाटनदेखि समस्यामा परेका जनताको घरमै पुगेर सहयोग गर्ने बानीका कारण उनी शुरुदेखि नै चर्चित बनेका हुन् । पछिल्लो […]
न्यूजमधेश डेस्क काठमाडौं,२९ बैशाख । जनता समाजवादी पार्टी केपी शर्मा ओलीको विकल्प दिने विषयमा दुई धारमा विभाजित हुँदा नयाँ सरकार गठन प्रक्रिया जटिल बनेको छ। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर नयाँ सरकार गठनको विपक्षमा र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा विभाजित हुँदा संविधानको धारा ७६ (२) अनुसार बिहीबार साँझसम्म मुलुकले नयाँ प्रधानमन्त्री पाउने सम्भावना […]