न्यूजमधेश डेस्क काठमाडौं ,२८ बैशाख । नेपालको संवैधानिक व्यवस्थानुसार वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सक्नुभएन । प्रतिनिधिसभाको सोमवार बसेको बैठकमा ओलीले पेश गर्नुभएको विश्वासको मतको प्रस्ताव सभाले अस्वीकृत गरेसँगै संविधानतः ओली सरकार कामचलाउ सरकार बनेको छ । अहिलेको सरकार नेपालको संविधानको धारा ७६ (१) बमोजिम प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२४ बैशाख । संसद्मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक वर्ष २०७८र७९ को नीति तथा कार्यक्रम र बजेटलाई पनि कस्तो प्रभाव पर्ला भन्ने सम्भावित परिदृश्यको अड्कलबाजी बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वैशाखमा संसद्मा विश्वासको मत लिने तयारी गरेपछि बितेका महीनाहरुको राजनीतिक खिचातानी उत्कर्षमा पुगेको छ। संसद्मा सत्ता समीकरणको जोडघटाउको अनिश्चयले आगामी आर्थिक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । सरकारले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा निषेध आदेश जारी गर्न सिडियोहरुलाई नै प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै धनुषासहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी भएको छ । कोरोना भाईरस डबल म्युटेन्टको तीब्र रुपमा फैलिँदो सङ्क्रमण रोकथामको प्रयास स्वरुप प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । काठमाण्डौं […]
न्यूजमधेश डेस्क काठमाडौं,१ चैत्र। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बढे पनि तत्काल लडकाउन गर्ने पक्षमा सरकार नरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै […]
न्यूजमधेश डेस्क काठमाडौं,३० चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले हरेक वर्ष प्रदान गर्दै आएको ‘स्वर्गीय दयाराम परियार स्मृति मानव अधिकार सम्मान’ यस वर्ष फोरेन्सिक विज्ञ डा हरिहर वस्तीलाई प्रदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले डा वस्तीले शव उत्खननलगायत मानव अधिकारका दर्जनौँ अनुसन्धान कार्यमा महत्वपूर्ण योगदान पु¥याउनु भएकामा सम्मान गर्ने निर्णय गरेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ चैत्र । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वासप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ […]
न्यूजमधेश डेस्क काठमाडौं ,१५ चैत्र । कवि तथा समालोचक नेत्र ‘एटम’ले आफ्नो नयाँ कविता संग्रह ‘प्रिय मौनता’ पाठकमाँझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकको प्रा।डा। कृष्णहरि बराल, पत्रकार दीपक सापकोटा र कवि अमृता शर्माले विमोचन गरे । प्रिय मौनतामाथि लामो समयबाट नेपाली साहित्य क्षेत्रमा क्रियाशील रहेका ‘एटम’को यो पहिलो कवितासंग्रह हो । […]
न्यूजमधेश डेस्क काठमाडौं,७ चैत्र । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी २०७८ मङ्सिर २ देखि ६ गतेसम्म पार्टीको १०औँ महाधिवेशन आयोजना गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सो दलको केन्द्रीय कमिटीको बैठकले २६४ सदस्यीय केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गरेको हो । बैठकले महाधिवेशन आयोजक कमिटीको अध्यक्षमा केपी शर्मा ओली र […]