न्यूजमधेश डेस्क काठमाडौं,१४ माघ । चार पूर्वप्रधानन्यायाधीशविरूद्ध अदालतको अपहेलना गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ। अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरूद्ध हालेको अपहेलना मुद्दा बुधबार दर्ता भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए। रिट निवेदकले यी चार पूर्वप्रधानन्यायाधीशहरूले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ माघ ।भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय समकक्षी रामनाथ कोविन्द र प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी नरेन्द्र मोदीलाई आज बेग्ला–बेग्लै शुभकामना सन्देश पठाउँदै शुभकामना एवं बधाई ज्ञापन गर्नुभएको हो । सन्देशमा राष्ट्रपति भण्डारीले भारतका राष्ट्रपतिको व्यक्तिगत […]
न्यूजमधेश डेस्क काठमाडौं,११ माघ।नेपाल–चीन सीमास्तम्भहरुको ‘जीपीएस कोर्डिनेट’ सार्वजनिक गर्नुपर्ने माग राख्दै राष्ट्रिय एकता अभियानले काठमाडौंस्थित नापी विभागमा धर्ना दिएको छ । नेपाल–चीन सीमामा स्थित दुई देशको सीमा छुट्याउने स्तम्भ नम्बर ११ र १२ को जीपीएस कोर्डिनेट सार्वजनिक नगरिएको भन्दै अभियानले आइतबारदेखि तीन दिनसम्म विभागमा धर्ना दिने जनाएको हो । अभियानका संयोजक विनय यादवले सिमानाको विषय […]
न्यूजमधेश डेस्क काठमाडौं ,८ माघ।निर्वाचन आयोग नेकपाको विवाद सल्टाउने समस्यामा जकडिएको छ । औपचारिक रूपमा ६ पुसबाट नेकपाको विवाद आयोगमा पुगेको छ । यो एक महिनाको बीचमा आयोगले दुई पटक नेकपाका दुवै समूहलाई पत्र त लेख्या तर ती पत्र वा विवरणबाट मात्रै नेकपा विवाद सल्टिने अवस्था भने छैन । राजनीतिक दलसम्बन्धी ऐनको फरक दफा अनुसार […]
न्यूजमधेश डेस्क काठमाडौं ,७ माघ। नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि सैनिक मुख्यालयको पटक-पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संशोधन अघि बढाएको हो। रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषदमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ३ माघ। मेलम्चि खानेपानी परियोजनामा कार्यरत रहेको अवस्थामा निधन भएको इन्जिनियर सतिस गोइतका दाई आशिस गोइतलाई जागिर दिइएको छ । मेलम्चि खानेपानी परियोजनामा कन्ट्रेक्टरको तर्फवाट कार्यरत्त मृतक इन्जिनियर गोइतको निधन भए लगतै आन्दोलनरत्त इन्जिनियरहरुले उनको परिवारवाट एकजनालाई जागिर दिनुपर्ने लगायतका माग राख्दै आन्दोलित भएका थिए । आन्दोलनरत्त इन्जिनियरहरु र खानेपानी मन्त्रालय विच […]
न्यूजमधेश डेस्क काठमाडौं ,२९ पुस।नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरिएको छ । बुधबार बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीका लागि बढुवा सिफारिस गरेको हो । एसएसपीमा बढुवा सिफारिस हुनेमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकर पन्जियार, अर्जुनचन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्ण्हरी शर्मा पोखरेल, […]
न्यूजमधेश डेस्क काठमाडौं,२९पुस । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेची महाकाली रेलमार्गअन्तर्गत बाराको निजगढमा विद्युतीय रेलमार्गका लागि निजी जमीनमा पिलर गाडेपछि स्थानीयवासीले अवरोध खडा गरेका छन् । सो विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको डिपिआर तयारीको लागि सर्भे गर्ने भनेर निजगढ आएको टोलीलाई स्थानीयवासीले बस्तीबीचबाट सर्भे नगर्ने भनी अवरोध खडा गरेका छन् । सर्भे टोलीका प्रमुख सवइञ्जिनीयर […]