०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

राष्ट्रिय

निर्वाचन प्रक्रिया नरोक्न आयोगलाई ओली समूहको आग्रह

न्यूजमधेश डेस्क काठमाडौं ,२९ पुस। नेकपा ओली समूहका नेताहरूले निर्वाचन आयोगलाई आसन्न मध्यावधि चुनावका कार्यक्रमलाई नरोक्न आग्रह गरेको छ । बुधबार आयोगकै कार्यालयमा पुगेर ओली समूहका नेताहरूले निर्वाचनका कार्यक्रम नरोक्न आग्रह गरेका हुन् । आयोगमा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, उर्जामन्त्री टोपबहादुर रायमाझीलगायत गएका थिए […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ पुस । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई आफ्नै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ पुस। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको हिउँदे अधिवेशन १७ पुसमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ पुस। नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने मांग गर्दै राष्ट्रिय एकता अभियानले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा वृहत शक्ति प्रदर्शन गरेका छन । जनकपुरधामको रेलवे स्टेशनबाट निस्केको सयौंको संख्यामा निस्केको रैली नगरको विभिन्नको परिक्रमा गर्दै जनक चोकमा पुगी कोण सभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्दै […]

न्यूजमधेश डेस्क काठमाडौं,७ पुस । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जसरी पनि चुनाव हुने दावी गरेका छन् । उनले भने, ‘चुनाव हुन्छ, हाम्रो पार्टीले ५० लाख समानुपातिक मतसहित दुई तिहाई ल्याउँछ ।’ कतिपयले अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्छ भनेर भ्रम फैलाएको भन्दै उनले यस्तो भ्रममा कोही नलाग्न सबैमा आग्रह गरे । […]

न्यूजमधेश डेस्क काठमाडौं,६ पुस। प्रधानमन्त्री केपी ओलीले सरकारमाथि असहयोग र घेराबन्दीका कारण संसद विघटन गरी जनताको बीचमा जानु परेको बताएका छन्। सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम निर्वाचनको जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिमा अर्थहीन र अन्त्यहीन सिर्जना गरेपछि निर्वाचनको घोषणा गरिएको बताए। ‘यो आकस्मिक र अप्रत्यासित देखिएको भए पनि लामो समयदेखि थियो। केही […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ पुस।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी हुन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। ‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ मंसिर।अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्करहरूले हजारौँको सङ्ख्यामा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । हात्तीछाप चप्पल लगाएर कोही पनि खाडी मुलुक घुम्न जाँदैन भन्ने सरकार र सरकारका कर्मचारीलाई जानकारी नभएको होइन, तर वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीविपरीत दुई लाख पचास हजार लिएर मानव तस्करहरूले युवायुवती बेचिरहेका छन् । त्रिभुवन […]