न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भदौ ।राष्ट्रिय मानव अधिकार आयोगले क्षमताभन्दा अधिक संख्यामा कैदी–बन्दी रहेका कारागारमा कोभिड–१९ को सङ्क्रमणप्रति संवेदनशील भई कैदी–बन्दी, सुरक्षाकर्मी तथा कर्मचारीको स्वास्थ्य सुरक्षामा उच्च सतर्कता अपनाउन सरकारलाई आग्रह गरेको छ । आयोगमा सचिव वेदप्रसाद भट्टराईले आज जारी गरेको प्रेस विज्ञप्तिमा नयाँ कैदी–बन्दीको पिसीआर परीक्षण गरिए पनि पछि सङ्क्रमण हुनसक्ने सम्भावना रहेकाले कारागारमा […]
न्यूजमधेश सम्बादाता झापा, १० भदौ। झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा आज बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो […]
न्यूजमधेश सम्बादाता काठमाडौँ, १० भदौ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस(कोभिड–१९)को महामारी भइरहेको बेला स्थानीय तहका कर्मचारीलाई कहिँकतै सरुवा नगर्न सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयका उपसचिव प्रमोद सिङ्खडाले सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ को महामारीमा स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीलाई जहाँ छन्, त्यहीँबाट कामकाजको व्यवस्था मिलाउन सबै स्थानीय तहका पत्रचार […]
न्यूजमधेश सम्बादाता काठमाडौँ, ७ भदौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान नै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नुभएको छ । जिल्ला समन्वय समिति महासंघ, नेपालले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उहाँले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,५ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोनाभाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण […]
न्यूजमधेश सम्बादाता काठमाडौं,२ भदौ ।राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा निधन भएको हो । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ ।स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ […]
न्यूजमधेश सम्बादाता काठमाडौँ २ भदौ। सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र […]
न्यूजमधेश डेस्क काठमाडौं ,१ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोभिड १९ का कारण परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । बोर्ड बैठकले विद्यालयहरुले पठाएको नतिजाको मूल्यांकनको प्रमाणिकरण गरेपछि नतिजा […]