काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो । तर, उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ ।सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका […]
अर्घाखाँची । अर्घाखाँचीमा २० रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ । मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा २० रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका २० वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला […]
काठमाडौं । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका […]
जाजरकोट । जाजरकोट सदरमुकामको सडक हरिया त्रिपालले भरिभराउ छ । भूकम्पका कारण घर भत्किएर खुला आकाशमुनि बसिरहेका स्थानीयवासीलाई सशस्त्र प्रहरीले निर्माण गरेका त्रिपालले चिसोबाट जोगाएको छ । पुराना परम्परागत शैलीमा निर्माण भएका अधिकांश घर भत्किएपछि विस्थापितलाई चिसोबाट जोगाउन र सुरक्षितरूपमा राख्न सशस्त्र प्रहरीले त्रिपालको व्यवस्था गरेको छ । सशस्त्र प्रहरीले त्रिभुवन माध्यमिक विद्यालयको प्राङ्गणमा समेत […]
काठमाडौं । आरती साहको हत्या भएकोमा न्याय दिन र दोषीलाई कारबाही गर्न माग गर्दै धर्नामा रहेका परिवारजनलाई गृह मन्त्रालयले छलफल गर्न बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै गृह मन्त्रालयका शाखा अधिकृत दिनेश न्यौपानेले छलफलका लागि पत्र पठाएको उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिए । उनका अनुसार साहको […]
जनकपुरधाम । राष्ट्रिय योजना आयोगले १६औँ योजना तय गर्नका लागि प्रदेशगत रूपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरूप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले सोमबार मधेस प्रदेशसहितका ठाउँहरूमा छलफल गर्दै छ । मधेस प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेस प्रदेश सरकारका मुख्यमन्त्रीसहित स्थानीय तह र निजी […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा सांसदहरुले बोलेका कुराको कुनै औचित्य नरहने गरेको गुनासो गरेका छन् । आज काठमाडौंमा आयोजित चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष डा. राउतले संसदीय व्यवस्था भनिए पनि सांसदहरुको आवाज नै नसुनिएको बताए । ठूला नेताले भने जे बोले पनि त्यही हुने गरेको उनको भनाइ छ । ‘भन्नलाई संसदीय […]
जनकपुरधाम ।संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता साहले विकासको नाममा दलगत स्वार्थभन्दा माथी उठ्न आग्रह गरेकी छन् । कपिलेश्वरनाथ युवा कमिटीले विजयदशमी, दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मन्त्री साहले दलगत स्वार्थभन्दा माथी उठेर काम नगरेसम्म विकास असम्भव रहेको बताए । उनले देश विकासका लागि दलहरु बिच मात्रै […]