काठमाडौं,२५ असार। राष्ट्रिय सभा बैठक स्थगित भएको छ। आज सोमबार बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित भएको हो। विशेष कारणवश बैठक स्थगित भएको जनाइएको छ।राष्ट्रिय सभा बैठक मंगलबार बिहान ११ बजे बस्नेछ। केही समयदेखि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभामा अवरोध गरिरहेको छ। […]
काठमाडौं,२५ असार। मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि पुनः संघर्षका लागि काठमाडौं आइपुगेका पीडितहरूले नयाँ बनेश्वरमा धर्ना सुरु गरेका छन् । सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहटलगायका जिल्लाका विभिन्न क्षेत्रका पीडित संगठित भएर काठमाडौं आइपुगेका हुन् । अध्यादेशसम्बन्धी नयाँ कानुन निष्क्रिय भएलगत्तैबाट उनीहरूले आआफ्ना जिल्ला सदरमुकाममा धर्ना र प्रदर्शन सुरु गरेका थिए । फेरि न्याय माग्दै उनीहरू शनिबार काठमाडौंका लागि […]
काठमाडौं,२३ असार । समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा […]
काठमाडौं,२१ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार २२ हजार ४७५ जनाले ल्याए ४ जीपीए ल्याएका छन् । २०७९ चैत १७ गतेदेखि भएकोे एसईईमा चार लाख ८४ हजार ९३९ विद्यार्थी सहभागी थिए ।
काठमाडौं,२० असार। सरकारले अबदेखि सवारी लाइसेन्सको नयाँ आवेदन, नवीकरण, राजस्व अनलाइनबाटै बुझाउन सकिने बताएको छ। आजदेखि गण्डकी प्रदेशको पोखराबाट सुरु भएको सेवा उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले अरु प्रदेशमा पनि अनलाइन प्रक्रियाबाटै सवारी लाइसेन्सको काम गरिने जानकारी दिएका हुन्। उनले एक महिनाभित्र देभभरका यातायात कार्यालयबाट अनलाइन सेवा सुरु गरिने बताए। ‘मैले […]
काठमाडौं,१९ असार। सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले विभिन्न ४९ जिल्लामा गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी अतिगरिब, मध्यम गरिब र सामान्य गरिबका […]
काठमाडौँ,१९ असार । निर्वाचन प्रणालीमा देखिएका अस्पष्टता, अपारदर्शीता, शक्तिको दुरुपयोग र विभिन्न आयामलाई कायम गर्दै निर्वाचनलाई सभ्य र विश्वसनीय बनाउन निर्वाचन आयोगले विभिन्न निर्णयहरु गरेको छ । निर्णयहरु हेर्दा निर्वाचन कानूनमा व्यापक सुधारको संकेतसहित व्यवस्था गर्न सिफारिस गरेको छ । समग्रमा निर्वाचन आयोगले तयार पारेको मस्यौदामा के छन् त ? निर्वाचन आयोगले निर्वाचन प्रणालीमा व्यापक […]
काठमाडौं ,१९ असार । चालु आर्थिक वर्ष २०८०/८१ मा विदेश जाने युवाको संख्याले नयाँ रेकर्ड कायम गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार नौ वर्षअघि वैदेशिक रोजगारीमा जानेको संख्याले बनाएको रेकर्ड यसवर्ष तोडिएको हो । आर्थिक वर्ष २०७१/७२ मा श्रमिक नयाँ श्रम स्वीकृति र पुरानाको नवीकरण गरेर ६ लाख ९३ हजार ३२ जना श्रमिक विदेश […]