१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

राष्ट्रिय

२०७९ असार ३० गते बिहीबारको राशिफल

न्युजमधेस डेस्क राशिफल, ३० असार। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश: मेष : बोलीकै कारण साथीभाइ टाढिने सम्भावना छ। बोल्दा ख्याल गर्नुहोला। खर्च बढ्नेछ। वृष : आम्दानी बढ्नेछ। शिक्षा र स्वास्थ्यमा राम्रो नतिजा मिल्नेछ। आफ्नो तर्कमा अडिएर लागेमा काममा सफलता मिल्नेछ। पुराना मित्रसँग भेट हुनेछ। मिथुन : आम्दानी बढ्नेछ। मनमा अशान्ति मिल्नेछ। […]

न्युजमधेस डेस्क असार २९ , जनकपुरधाम। धनुषामा प्रमुख प्रशासकीय अधिकृतलाई कुटपिट गरिएको छ। जिल्लाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीमाथि कार्यालयमै कुटपिट भएको छ। गाउँपालिकाकै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई सोमबार कार्यकक्षमै कुटपिट गरेका हुन्। अभद्र गाली गरेपछि कार्यालयकै केही कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले प्रशासकीय अधिकृत जोमाथि कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। ती […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ असार। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक कार्यालयले वार्षिक प्रतिवेदन पेश गरेको छ । महालेखापरीक्षक टङ्कमणि शर्मा दंगालले आज शीतलनिवासस्थित राष्ट्रपतिको कार्यालयमा सो प्रतिवेदन हस्तान्तरण गरेका हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७७–७८ को महालेखापरीक्षकको उनन्साठीऔं वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष दंगालले पेश गरेका […]

न्युजमधेस डेस्क काठमाडौ, २९असार। पछिल्लो तीन घण्टायता काठमाण्डौ उपत्यकासहित सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र नुवाकोट आसपासको क्षेत्रमा ठूलो पानी परिरहेको छ । ४ वटा जिल्लामा ठूलो पानी परिरहेकाले नदी तथा खोलामा पानीको बहाव बढेको छ । विशेष गरी खिम्ती खोला र सोलुखोलामा आकस्मिक बहाव बढ्न सक्ने भएकाले  आज राति ९ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह […]

न्युजमधेस डेस्क काठमाडौ, २९असार। भृकुटीमण्डपमा लागेको आगो झण्डै साढे दुई घण्टामा निभाइएको छ । काठमाण्डौ, भक्तपुर र ललितपुर लगायतका विभिन्न ठाउँका दमकल,  पानी ट्याङ्कर, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आगो निभाइएको  जिल्ला प्रहरी परिसर, काठमाण्डौका एसपी दिनेशराज मैनालीले जानकारी  दिनुभयो । भृकुटीमण्डपको बजारसँगै रहेको ह्वीलचेअरको गोदाममा आगो लागेको हो । आगलागीबाट  गोदाममा रहेका सामान […]

न्युजमधेस डेस्क काठमाडौ, २९असार। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता समस्या समाधानका गर्नका लागि नेपाल–भारतबीचको खुला सीमा बन्द गर्न सरकारसँग माग गरेका छन् । सांसद सुवालले जन्मको आधारमा नेपाली नागरिकता पाएकोहरुको तत्काल छानबिन गरी विदेशीले पाएको भए खारेज गर्न पनि सरकारलाई दवाव दिए । बुधबार प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९’ […]

न्युजमधेस डेस्क जनकपुरधाम,२९असार। कतिपय विद्यार्थीहरु यसै दिन आफ्ना आदरणीय गुरुहरुलाई फूलमाला टीका लगाई गुरुबाट आर्शिवाद लिने गर्दछन् भने कतिपय टाढा भएकाहरु विभिन्न मास मिडिया मार्फत आफ्ना गुरुहरुलाई सम्झने गर्दछन् ।    मानव जीवन निकै संघर्षपूर्ण छ । मानिसको जन्म क्रमदेखि मृत्युको काखमा नपुगेसम्म हर पाइलामा जो कोहीले पनि अनगिन्ती संघर्षका पहाडहरू चढेको हुन्छ । जीवनका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२९असार । अदालतसम्म धाएर न्याय मागेपछि धनकुटाका ४ जनाले नागरिकता पाएका छन्। धनकुटा नगरपालिका ७ का नरेश तामाङ, ओम तामाङ र गणेश तामाङले आमा तारा तामाङको नामबाट वंशजको नागरिकता पाएका हुन्। यस्तै छथर जोरपाटी गाउँपालिका ५ कि गौरी लिम्बूले आमा दिलमाया लिम्बूको नामबाट वंशजको आधारमा नागरिकता पाएकी हुन्। जिल्ला प्रशासन कार्यालय धनकुटाले उनीहरुलाई […]