१० मंसिर २०८१, मंगलबार
26-11-2024 , Tue
×

राष्ट्रिय

राजधानीकै सडकमा पानीको दह

न्यूजमधेश डेस्क काठमाडाैँ,२३ असार । वरपरको सडक ठीकै छ, सहजै सवारी आवतजावत गर्न सक्छ बीचमा पुगेपछि पानीका दह देखिन्छ, खाडल कति गहिरो छ भनेर सवारी एकछिन रोकिएर मात्र जाने गर्छन् । यो दृश्य गोकर्णेश्वर नगरपालिका–९ आरुबारीको सडकको हो । मेलम्चीको खानेपानी आयोजनाको पानीपोखरी बनेको भागको यो सडक पहिले नै कालोपत्र भइसक्नुपर्ने हो । ग्राभेल बिच्छ्याएर […]

रितिक अधीकारी सर्लाही ,२१ असार। हरिवन प्रहरीले लुकाई छिपाई राखेको पेस्तोल र गोलीसहित एक जना पुरुषलाई पक्राउ गरेको छ । मंगलबार हरिवन नगरपालिका–११ बस्ने ४३ ववर्षीय छोटेलाल दासलाई एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने १ राउण्ड गोलीसहित हरिवन प्रहरीले पक्राउ गरेको छ । दासले हरिवन बजारमा किराना पसल सञ्चालन गर्दै आएका थिए । उनले […]

न्यूजमधेश डेस्क काठमाडौं,१९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च हुन नसक्ने बताएकी छन् । राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नुपर्नेमा जोड दिइन् । उनले कृषि उपजमा अर्बौँको आयातले मुलुकको व्यापारघाटा चिन्ताजनक […]

न्यूजमधेश डेस्क काठमाडौं,१० असार। रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो। लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए।

न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार । प्रादेशिक अस्पताल, लहानले सेवाग्राहीसँग दुर्व्यवहार गर्दै गालीगलौज गर्ने कर्मचारीलाई निलम्वन गरेको छ । अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै नायव सुब्बा बासुदेव महतोलाई बिहीबारदेखि नै निलम्बन गरिएको जनाएको छ । महतोलाई प्रहरीले भने पक्राउ गरिसकेको छ । महतोले बुधबार सेवा लिन आएका एक जना सेवाग्राहीलाई अश्लिल गाली गर्दै दुर्व्यवहार गरेका […]

न्यूजमधेश डेस्क काठमाडौं,९ असार । सत्ता गठबन्धनको बुधबार बसेको बैठकले नागरिकता विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पुर्‍याउने विषयमा छलफल केन्द्रीत भएको बताए । “सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विकसित राजनीतिक घटनाक्रमबारे विश्लेषण भयो । प्रधानमन्त्रीजीले नागरिकताको […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ असार। पत्रकारिता छोडेर मुलधारको राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’

न्यूजमधेश डेस्क काठमाडौं,२ असार।चुरे क्षेत्रको संरक्षणमा जोड दिँदै आज आठौँ चुरे दिवस मनाइँदैछ । चुरेलाई संरक्षण क्षेत्र घोषणा गरेको दिनलाई हरेक वर्ष चुरे दिवसको रूपमा मनाउने गरिएको छ । दिवसका अवसरमा राष्ट्रपति तराई चुरे मधेस संरक्षण विकास समितिले यसपालि एकै दिन कम्तीमा एक लाख रुख, फलफूलका बिरुवा र बाँस रोप्न लागेको छ । वृक्षारोपण अभियानको […]