काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र सभापति देउवाबीच बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक विकासक्रमबारे छलफल भएको एकीकृत समाजवादीका नेता आलोक रायमाझीले राससलाई जानकारी दिनुभयो । सभापति देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय सहमतिको […]
काठमाडौँ । एकल महिलाको हित संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको ‘एकल महिला सुरक्षा कोष’को रकम उपयोग गर्न सम्बन्धित महिला अधिकारकमीले माग गर्नुभएको छ । राष्ट्रिय महिला आयोगले आज एकल महिलाको नीतिगतसम्बन्धी अधिकारका विषयमा गरेको छलफलमा अधिकारकर्मीले उक्त कोषको रकम उपयोग गर्न माग गर्नुभएको हो । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमलाकुमारी पराजुलीले एकल महिला सवाललाई […]
काठमाडौँ ।नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ । निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने÷गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् । पार्टी […]
काठमाडौँ । वैध कागजातका अभावमा मलेसियामा धेरै नेपाली आप्रवासी श्रमिक पक्राउ परेका अध्ययन प्रतिवेदनले देखाएको छ । प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी), सेन्टर फर द स्टडी अफ लेबर एण्ड मोबिलिटी (सेस्लम) र शोसल साइन्स बहाःको एक अध्ययनले मलेसियामा विभिन्न कारणले कारागार चलान भएका नेपाली आप्रवासी श्रमिकमध्ये ६१ प्रतिशत कागजपत्रसम्बन्धी मुद्दामा पक्राउ परेको देखाएको हो । […]
काठमाडौँ। अर्थमन्त्री वर्षमान पुनले नीतिगत निरन्तरताका लागि भन्सार महसुल दरमा सामान्य हेरफेर गरिएको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भन्सार महसुल विधेयक, २०८१ माथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले भन्सार दरहरु धेरै हेरफेर नगरिएको बताउनुभयो । उहाँले आर्थिक विधेयकको अभिन्न अङ्गका रुपमा भन्सार महसुलसम्बन्धी व्यवस्थित कानुन ल्याउन गरिएको सुझाव कार्यान्वयनका लागि […]
काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको छ । यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेमकिपाका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका […]
महोत्तरी । पानीबेगरको बडहरी खोला वारि महोत्तरीका बर्दिबास–७ प्रेमनगर र भङ्गाहा–४ को रामनगर, पारिपट्टी धनुषाको वटेश्वर गाउँपालिकाका चित्रपुर, लवकुशचोक, कुसुमबिसौना र कात्तिककुमर छन् । खोलावारि र पारि आँपका बगान (बगैँचा) छन् । आँपको यही पकेट क्षेत्रमा आज आँप महोत्सव सम्पन्न भएको छ । महोत्सवमा जताततै ढकीढकीमा सजाएर राखिएका विभिन्न थरीका आँप छन् । मालदह, दशहरी, […]
काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका धेरै स्थानमा धनजनको क्षति भएको हुँदा उद्धार, राहत तथा पुनःस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् । आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका तेजुलाल चौधरीले केही दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीमा बाढीपहिरोले धेरै क्षति भएकोप्रति सरकारको ध्यानाकर्षण गराइएको छ । उनले बाढीपहिरो […]