जनकपुरधाम, ९ माघ । डा. सि. के राउत नेतृत्वको जनमत पार्टीले आज (आइतवार) नाङ्लो जुलुस प्रदर्शन गर्ने भएको छ । किसानहरुको मागलाई नेपाल सरकारले हालसम्म बेवास्ता गर्नुका साथै आन्दोलनमाथि दमन गर्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिएकाे हाे । पार्टीले किसानहरुको विभिन्न माग राख्दै निरन्तर प्रदर्शन गर्दै आएका छन् । पार्टीले आह्वान गरे अनुसार स्थानियतहमा हिजो (शनिवार) […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ माघ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके. राउतलाई हत्याको चेतावनी दिँदै भौतिक पूर्वाधार मन्त्री तथा समाजवादी पार्टीकी नेतृ रेणु यादवले डेढ दशकअघिको गौर हत्याकाण्डलाई सम्झाएकी छन् । स्मरणीय यो छ कि गौर हत्याकाण्ड पनि रेणुकै पुरानो पार्टी मधेसी जनअधिकार फोरमले मच्चाएको थियो । २०६३ सालको चैत ३ गते भएको रौतहटको गौरमा भएको […]
न्यूजमधेश डेस्क काठमाडौं,६ माघ। जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको छ । पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्त जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ […]
न्यूजमधेश डेस्क काठमाडौं,४ माघ । सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमै गर्न सहमत भएका छन् । तर, यस विषयमा थप गृहकार्यका लागि अर्को बैठक बस्ने नेताहरूले बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले निर्धारित समयमै निर्वाचन गराउने सहमति बनेको हो । सबै दलका […]
राजविराज, ३० पुस । सप्तरीको राजविराजमा जनमत पार्टीले किसानहरुको विभिन्न माग राख्दै शुक्रवार प्रदर्शन गरेका छन् । पार्टीले आह्वान गरे अनुसार विभिन्न गाउँका टोल टोलबाट किसानहरुले हलो, कोदालो, पराल, मलका खाली बोरालगायतका कृषि औजारहरुसहित प्रदर्शन गरेको हो । राजविराज स्थित राजरंगशालाबाट निकालिएको र्याली बजारको विभिन्न भागमा नाराहरुसहित परिक्रमा गर्दै गजेन्द्र चौकमा कोणसभामा परिणत गरिएको थियो […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ पुस। कोरोना महामारीको बहानामा किसान आन्दोलन नरोकिने जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताएको छ। उपाध्यक्ष खानले भोलि किसान महारैलीको सम्पुर्ण तयारी सम्पन्न भएको उनले बताए।धनुषाको सदरमुकाम जनकपुरसहित प्रत्येक जिल्लाको सदरमुकाममा किसान महारैलीमा किसानहरुको ठूलो उपस्थिति रहने नेता खानले भने। उनले सरकारले उच्च स्तरिय वार्ता टोली बनाएर किसानहरुसंग वार्ता नगरेसम्म किसान आन्दोलन […]
न्यूजमधेश डेस्क नेपालगन्ज, २६ पुष ।नेपाल सरकारका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटिएका छन। मन्त्री यादवले सोमबार एक फ्याक्ट्रीको उद्घाटन गर्न बाँके जिल्लाको नेपालगंज पुगेका संघीय कृषिमन्त्री महेन्द्र राय यादवलाई किसान आन्दोलनकारीहरुले लखेटेका छन् । गुपचुप रुपमा नेपालगंज पुगेका मन्त्री यादव बारे किसान आन्दोलनकारीहरुले जानकारी पाएलगतै आन्दोलनकारीहरु कार्यक्रम स्थलमा पुगेका थिए । किसान […]
न्यूजमधेश डेस्क काठमाडौं,२५ पुष । कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि सरकारले देशभरिका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए। यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै […]