०८ मंसिर २०८१, आइतबार
24-11-2024 , Sun
×

समाचार

गैरकानुनी रूपमा भित्र्याइएका सामान बरामद

वीरगञ्ज ,३० साउन । जिल्ला प्रहरी कार्यालयले भन्सार छलेर भित्र्याइएका रु आठ लाख ५८ हजार पाँच सय २० बराबरका लत्ताकपडा, खाद्यान्न र मोबाइलका पार्टस्लगायत सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले बरामद भएका गरिएका सामान मङ्गबार वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको जानकारी दिनुभयो । प्रहरीले आर्थिक वर्ष २०८०÷८१ मा रु […]

सर्लाही ,२९ साउन। जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए। जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान […]

जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो । मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह […]

काठमाडौँ, २९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा केही स्थानमा वर्षा भइरहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखा जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही […]

झापा, २९ साउन । झापा भूमिगत जलसिँचाइ आयोजनाबाट जिल्लामा भूमिगत सिँचाइमार्फत सिञ्चित हुने क्षेत्रमा वृद्धि भएको छ । जिल्लामा सञ्चालित विभिन्न आयोजना मार्फत २०८०÷८१ मा एक हजार दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा थप भएको छ । योसँगै झापामा छ सय हेक्टर जमिनमा किसानको पहुँच पुगेको हो । आयोजनाका सूचना अधिकारी ईश्वर थापाका अनुसार गत […]

सिरहा: सिरहाको औरही गाउँपालिकामा युवा जनमत संघले रक्तदान कार्यक्रम गरी अन्तर्राष्ट्रिय युवा दिवस मनाएको छ। औरही गाउँपालिका वडा न.५ स्थित हनुमान चौकमा आयोजित  रक्तदान कार्यक्रममा २ महिला र २५ पुरुष गरी जम्मा २७ जनाले रक्तदान गरेको छ। रगतको आवश्यकता सबैलाई पर्छ। तर रगत दान गर्न मान्छे अहिलेपनि हिचकिचाइरहेको अवस्था छ। रक्तदान सम्बन्धी जनचेतना अभावका कारण […]

काठमाडौँ, २७ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि […]

काठमाडौँ, २७ साउन । परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमणमा यहाँ आइपुग्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सचिव लम्सालले उहाँलाई स्वागत गर्नुभयो । परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ । […]