०७ बैशाख २०८२, सोमबार
21-04-2025 , Mon
×

समाचार

कुस्ती प्रतियोगिताको समुदघाटन गर्दै : सांसद प्रदिप यादव

वीरगन्ज । वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका छन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद यादवले मधेसको सान रहेको यस खेललाई प्रवर्द्धन गर्न सके यस प्रदेशकाे नाम विश्वजगतमा पुर्याउन सकिने बताउनुभएको छ । देशका सासकहरूले मधेसकाे यस्ता हिराहरूलाई पहिचान गर्न […]

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुर्गा मन्दिरमा पुजापाठ र दर्शन गर्नमा व्यस्त देखिएको छ। सोमबार  धनुषाको औरहीमा रहेको दुर्गा मन्दिर लगाइतका शक्ति पिठहरुमा पुजापाठ गर्दै घर घर मा पुगेर दशैंको शुभकामना दिएका हुन। त्यसैगरी धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै उहाँ संगै समाजवादी […]

सप्तरी । गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन् । हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन् । छंगु जिगु माया रतन नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन् । सुखावती मल्टी प्रडक्सनको ब्यानरमा […]

राजविराज । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। त्यसैगरी सप्तरीको प्रसिद्ध छिन्नमस्ता, कंकालिनी भगवती, राजदेवी लगायत शक्तिपीठहरुमा […]

दिपक कर्ण,जनकपुरधाम।जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा यस बर्ष १४ हजार ६ सय ३३ बोकाको बलीप्रदान गरिएको छ । आइतबार राति ८ बजेबाट सुरु भएको बलिप्रदानको कार्यक्रम सोमबार बिहान ३ बजेर ३३ मिनेटसम्म चलेको पूजा मूल आयोजक महावीर युवा कमिटीका अध्यक्ष संतोष साहले बताए । गत बर्ष मन्दिरमा १४ हजार ९ सय ९७ बोकाबली प्रदान गरिएको […]

जनकपुरधाम । भारत तस्करी गर्न लागेको ३९ वटा गाईबच्छाबाच्छी सहित तीनजनालाई सशस्त्र प्रहरीले धनुषाबाट नियन्त्रणमा लिएको छ । भारत तर्फ तस्करी गर्ने उद्देश्यले धनुषाको विदेह नगरपालिका २ स्थित जागिर टोलबाट बथानमा रहेको ३६ गाई र ३ बाच्छाबाच्छी सहित ३ जनालाई पक्राउ गरेको भन्सार सुरक्षा बेस क्याम्प जनकपुरले जनाएको छ । सशस्त्र निरीक्षक प्रकाश भट्ट नेतृत्वको […]

लहान। सिरहाको लहान नगरपालिका १ स्थित ट्राफिक प्रहरीले लामो दुरीका बस,मिनि बस ,हाइयस आदिमा बढी भाडा लिएको भाडा फिर्ता गराएको छ । सिरहाको लहान नगरपालिका-१ पुर्व पश्चिम लोकमार्ग स्थित सडकमा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र एक्तेनको कमाण्डमा लामो दुरिमा चल्ने यात्रुवाहक बस तथा माईक्रो बसमा सवार यात्रुहरुसँग सोधपुछ गरी बढी भाडा लिएको भाडा […]

राजविराज । सप्तरीको सुरुङ्गा नगरपालिका स्थित कुशहाको दुर्गा मन्दिर प्राङ्गणमा सरसफाइ गरेको छ । आज महा अष्टमीको उपल्यक्षमा आइतबार बिहानको समयमा सप्तरीको सुरुङ्गा न.पा.वडा नं.०५ कुशाहा स्थित दुर्गा मन्दिरको प्राङगणमा “सामुदाय-प्रहरी साझेदारी” अबधारणा अनुरुप आज सरसफाइ गरेको हो । ईलाका प्रहरी कार्यालय कडरबोनाका कार्यालय प्रमुख प्रहरी निरीक्षक राम राजा केशरीको कमाण्डमा १० जना प्र.क. सहित […]