१२ मंसिर २०८१, बिहिबार
28-11-2024 , Thu
×

प्रदेश

कोरोनालाई मजाक ठान्दै : गाउँकै भिड जम्मा गरेर मेयरले भत्काए घर

श्रवण देव जनकपुरधाम ,६ जेष्ठ । नयाँ भेरियन्टसहितको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढ्दो छ । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा आफ्नै घरभित्र बस्न, भिडभाड नगर्न र सतर्कता अपनाउन भनिएको छ । धनु्षाको विदेह नगरपालिकामा भने स्थानीय सरकारकै अगुवाइमा निषेधाज्ञालाई मजाक बनाउने दृश्य देखिएको छ […]

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ जेष्ठ । ‘प्रभु हस्पिटल’ नाम सुन्ने वित्तिकै मानिसलाई प्रभु (भगवान) नै हो कि भन्ने भान हुन्छ । हुनु पनि स्वभाविक नै हो । नामै प्रभु छ । तर नाम मात्रै प्रभु भएर पूजा गर्न लायक नहुने रहेछ । त्यसको लागि काम पनि भगवान (प्रभु) को जस्तै गर्नुपर्छ । प्रभु हस्पिटल नाम मात्रैको […]

न्यूजमधेश  डेस्क जनकपुरधाम ,६ जेष्ठ । अक्सिजन अभाव रहेको भन्दै प्रदेश २ का अधिकांश अस्पताहरुले संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले अक्सिजन अभावको कारण भर्ना लिन छाडेका हुन् । प्रादेशिक अस्पताल जनकपुरधामका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवले अक्सिजन […]

कमलेश ठाकुर जनकपुरधाम,६ जेष्ठ । महोत्तरीको जलेश्वर अस्पतालमा दक्ष जनशक्ति अभावमा कोरोना संक्रमितको उपचारमा कठिनाई भइरहेको थियो । दक्ष चिकित्सककै अभावमा भेन्टिलेटर थन्काइएको थियो भने बिरामीहरु उपचार अभावमा छट्पटाइरहेका थिए । प्रदेश सरकारले चिकित्सकको व्यवस्थापन गर्न बैशाख २७ गते डा. शैलेन्द्र कुमार यादवलाई जलेश्वर अस्पतालमा पठाउने निर्णय ग¥यो । प्रादेशिक अस्पताल जनकपुरधाममा कार्यरत एनेस्थेसिया डा. […]

सोम दियाली जनकपुरधाम,५ जेष्ठ । कोरोना महामारीका बेला जनप्रतिनिधि र दलका नेताहरु लुकेर बसेको टिप्पणी भईरहेका बेला सर्लाहीका एक वडा अध्यक्ष संक्रमितको सेवामा अहोरात्र खटिएका छन् । जिल्लाको हरिवन नगरपालिका ११ का वडा अध्यक्ष शेख मेहबुब रेजाले कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव एम्बुलेन्समा राखेर घाट सम्म पुर्याएपछि उनी महामारीमा जनतासँगै छन् भन्ने कुरा […]

न्यूजमधेश डेस्क सर्लाही ,५ जेष्ठ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-­१९ को सङ्क्रमण दर दिन प्रतिदिन बढ्न थालेपछि सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । यता नागरिक भने त्यसको अवज्ञा गर्दै आफ्नो दैनिकीलाई पहिला झैँ सहज ठानी रहँदा जोखिम झन् बढ्दै गएको छ । सङ्क्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा १० दिनदेखि निषेधाज्ञा गरेको छ। स्थानीयवासी भने निषेधाज्ञा […]

संजय मिश्रा रौतहट,५ जेष्ठ ।प्रदेश २ का बाराको सदरमुकाम कलैयामा दुईजना बालकको घाँटी रेटेर हत्या गरिएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ७ रंगपुर निवासी गफार मियांका छोराहरु को घाँटी रेटेर हत्या गरिएको हो । धारिलो हतियारले घाँटी रेटेर हत्या भएको अवस्थामा गफारका छोराहरु ९ बर्षका उसमान अन्सारी र ७ बर्षका अमिन अन्सारीको शव मंगलबार […]