१३ मंसिर २०८१, शुक्रबार
29-11-2024 , Fri
×

प्रदेश

प्रदेश २ मा निजामती कर्मचारीको अवकाशका लागि उमेरको हद ६० वर्ष

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ माघ । प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको सन्दर्भमा उमेरको हदलाई ६० वर्ष कायम गरेको छ । प्रदेशसभाबाट २०७७ कात्तिक ३ गते पारित भई २०७७ माघ १६ गते प्रदेश प्रमुख कार्यालयमा दर्ता भएको विधेयकलाई नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रमाणीकरण […]

न्यूजमधेश डेस्क सुनसरी ,२९ माघ ।सुनसरीको इटहरी–१७ मा बुधबार सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै […]

कमलेश ठाकुर जनकपुरधाम ,२६ माघ । ८ पुस २०७६ मा औरही गाउँपालिका–२ प्रवहा देउरी माविले एकजना कम्प्युटर विषयको शिक्षक माग गर्‍यो । विद्यालयको ‘लेटर प्याड’मा माग गरिए पनि पत्रपत्रिकामा विज्ञापन सार्वजनिक भएन । न कुनै माध्यमबाट सूचना सार्वजनिक गरियो । २८ पुस मा ‘गुपचुप’ तरिकाले वडाध्यक्ष अमितकुमार यादवले आफ्ना जेठा दाइ प्रविनकुमार यादवलाई नियुक्ति गरे […]

न्यूजमधेश डेस्क कलैया,२६ माघ । बारामा ४८ वर्षीया महिलाको घरभित्रै हत्या भएको छ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । प्रहरीका अनुसार कान्तिदेवीको गालामा धारिलो हतियार प्रहार भएको छ । जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको डिएसपी गौतम मिश्रले जानकारी दिए । आइतबार […]

न्यूजमधेश डेस्क झापा,२५ माघ । पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाए पनि मोटरसाइकल, सिटीरिक्सा तथा पैदलयात्रीलाई भने सहज भएका कारण दैनिक सयौं नेपाली भारतीय सीमावर्ती बजार पानीट्याङ्की, नक्सलबाडी, सिलगुढीलगायतका […]

न्यूजमधेश डेस्क बुटबल ,२४ माघ । लुम्बिनी प्रदेशसभाका उपसभामुख कृष्णीकुमारी थारुले समाज रुपान्तरणको अभियानलाई अझै सक्रिय ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको छ । सञ्चारिका समूह रुपन्देही र साहसी कदम नेपालले सामाजिक अभियान्ता र पत्रकार महिलाबीचमा आज बुटवलमा आयोजना गरेको अनुभव आदानप्रदान कार्यक्रममा उहाँले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दालाई बलियो बनाउन सामाजिक अभियान्ता अझै जागरुक हुनुपर्ने बताउनुभयो […]

न्यूजमधेश डेस्क सप्तरी ,२४ माघ । प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले पर्यटन क्षेत्रको अवस्था सुधारका लागि प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । कोरोनाका कारण संकटमा परेको पर्यटन क्षेत्र र व्यवसायलाई उकास्ने उद्देश्यका साथ प्रदेश २ स्तरीय अभियान कार्यक्रमको शुक्रबारदेखि सप्तरीमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘पर्यटन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ माघ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलितमाथिको विभेद अन्त्य नभएसम्म विकास र समृद्धिको परिकल्पना सम्भव नरहेको बताएका छन । समता फाउण्डेशनले आज जनकपुरधाममा आयोजना गरेको समाजिक न्यायका लागि सबलीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशको समृद्धि र विकासका लागि पछि पारिएका समुदाय दलित, महिला, मुस्लिमलगायतको उन्नति र विकासका लागि […]