न्यूजमधेश डेस्क जनकपुरधाम ,५ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड […]
न्यूजमधेश डेस्क राजविराज,२८ कार्तिक । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ कार्तिक । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू […]
न्यूजमधेश डेस्क विराटनगर,२५ कार्तिक । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल […]
न्यूजमधेश सम्बादाता झापा ,२५ कार्तिक । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन […]
न्यूजमधेश डेस्क बारा ,२४ कार्तिक । जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको […]
न्यूजमधेश डेस्क धरान ,२३ कार्तिक । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक […]