१३ मंसिर २०८१, शुक्रबार
29-11-2024 , Fri
×

प्रदेश

रोग नियन्त्रणले किसान खुशी

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । पशुहरुमा लागेको रोग नियन्त्रणमा आएपछि र पशुपन्क्षी प्राविधिकहरुले घरैमा सुविधा उपलब्ध गराउन थालेपछि सप्तरीको कञ्चनरुपका पशुपालन गर्ने किसान खुशी भएका छन् । पशुपन्क्षी विकास शाखा कञ्चनरुपका प्राविधिकहरुले घर–घरमा गएर किसानको मर्का सुनेर समाधान गर्न थालेकाले पशुपालन गर्ने किसान खुशी भएका हुन् । समस्या परेको बेलामा फोन गर्नासाथ सहजै प्राविधिकहरु […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ । सो गाउँपालिकाको वडा नं २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ असोज । प्रदेश नं २ को सरकारले समयमा कार्यविधि नपाएका कारण कृषिज्ञान केन्द्र पर्साको रु १५ करोडभन्दा बढी रकम फ्रीज भएको छ । गत आर्थिक वर्षका लागि प्रदेश सरकारले विभिन्न शिर्षकमा रु २० करोड ४१ लाख ४५ हजार विनियोजन गरे पनि सयममा कार्यविधि नपठाउँदा रु १५ करोड ८५ लाखभन्दा बढी रकम […]

न्यूजमधेश सम्बादाता  महोत्तरी,१५ असोज । नदीजन्य प्राकृतिक स्रोतसाधनको उत्खनन रोक्नका लागि महोत्तरीका जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले साझा प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जिल्लाको सुदूर उत्तरवत्र्ती बर्दिवास नगरपालिका क्षेत्रका नदी र नदीउकास क्षेत्रमा भइरहेको उत्खनन् कार्यको अनुगमनपछि जनप्रतिनिधि र प्रशासनिक निकायका प्रमुखले यस्तो प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । अनुगमन टोलीमा जिल्ला समन्वय समितिका प्रमुख, नगरप्रमुख, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ असोज । सप्तरीको बोदे बसाईन नगरपालिका वडा नम्बर ५ मा ट्रयाक्टरले ठक्कर दिँदा आज साँझ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा बोदे बसाईन नगरपालिका–७ हैठीका २३ वर्षीय सुजितकुमार यादव रहेको प्रहरी कार्यालय बोदे बसाईनले जनाएको छ । दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स१त ४६९३ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ असोज। प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाढीबाट वर्षेनी ठूलो धनजनको क्षति पु¥याउँदै आएको बलान नदी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान नदीले कटान गरेको स्थलहरुको आज स्थलगत अध्ययन तथा निरीक्षणपछि आयोजित समारोहमा उहाँले बलान नदीबाट हुने कटान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ असोज । चालु आर्थिक वर्षको पहिलो अढाइ महिनामा चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाखभन्दा बढी राजश्व असुली गरेको छ । लकडाउनका कारण महोत्तरी जिल्लाका भन्सार कार्यालय बन्द रहेको अवस्थामा विभिन्न चोरबाटो हुँदै नेपालबाट भारत र भारतबाट नेपालतर्फ हुने गरेको चोरी तस्करी नियन्त्रणबाट प्रहरीले रु २२ लाख २२ हजार ३९३ राजस्व […]

न्यूजमधेश डेस्क काठमाडौँ, १३ असोज। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका क्षेत्रीय कार्यालय प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । मन्त्रालयका सहसचिव डा. गोपीकृष्ण खनालले क्षेत्रीय प्रशिक्षण केन्द्रका भवन लगायत अन्य संरचना र जिन्सी सामाग्री सम्वन्धित प्रदेशलाई हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नंं १ लाई ग्रामीण विकास प्रशिक्षण केन्द्र […]