१४ मंसिर २०८१, शनिबार
30-11-2024 , Sat
×

प्रदेश

कपडाको मास्क कस्तो र कसरी लगाउने ?

न्यूजमधेश सम्बादाता  काठमाडौैं ,३ भदौ। कोरोना भाइरसको महामारी चलेसँगै विश्व मास्कमय बनेको छ । धेरै मुलुकमा सरकारले नै मास्क अनिवार्य गरेको छ भने कतिपय मुलुकमा नागरिक नै सचेत भएर मास्क लगाउन थालेका छन् । नेपालमा सरकारले मास्क नलगाइ हिँड्नेलाई संक्रामक रोग ऐनको व्यवस्था अनुसार १०० रुपैयाँ कारबाही गर्ने गरेको छ । तर मास्क कस्तो लगाउने […]

सिरहा, २ भदौ । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई प्रहरीले पक्राउ गरेको भन्दै उनका समर्थकहरुले विरोध जनाएका छन । सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै हिन्दु र मुस्लिम समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुको आरोप रहेको छ । साहले समाजिक अपराध विरुद्ध आवाज उठाउदा समाजिक सद्भाव खलबलाएको […]

न्यूजमधेश डेस्क   जनकपुरधाम ,१ भाद्र । प्रदेश नं २ का प्रदेशप्रमुख तिलक परियारले ‘प्रदेश सञ्चार विधेयक’ फिर्ता पठाउनु भएको छ । प्रदेशसभाबाट पारित भएर प्रमाणीकरणका लागि पठाइएका सो विधेयकमा प्राविधिक त्रुटि र अधिकांश शब्द समायोजन नमिलेको कारणले फिर्ता पठाइएको प्रदेश प्रमुखका स्वकीय सचिव पद्म विश्वकर्माले जानकारी गराउनुभएको छ । विधेयकको विभिन्न दफा उपदफामा देखिएका त्रुटिलाई […]

न्यूजमधेश सम्बादाता सर्लाही ,३२ श्रावण। जिल्लाको वाग्मती नगरपालिकाले नगरभित्रका जनप्रतिनिधि र कर्मचारीलाई आफ्ना छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पठाउन आदेश दिएको छ । नगरको नगर शिक्षा ऐन सार्वजनिक गर्दै नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको हो । स्थानीय स्वायत्त शासन सञ्चालन ऐनअनुसार स्थानीय तहलाई प्राप्त शिक्षासम्बन्धी अधिकार प्रयोग गरी नगर शिक्षा […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३२ श्रावण। कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ । प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा […]

न्यूजमधेश सम्बादाता रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३२ श्रावण । जिल्ला प्रशासन कार्यालयले धनुषामा एक साताका लागि लकडाउन थपेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेकाले आज राति १२ः०० बजेपछि लकडाउनको अवधि सकिन लागेपछि पुनः भदौ ७ गतेसम्मका लागि लकडाउन अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्वारा आज जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । नेपाल सरकारले जारी […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]