न्यूजमधेश डेस्क सप्तरी ,२८ श्रावण । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–६ मा आज भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा बालिकासहित चार जना […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२८ श्रावण । ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा टेकुकी एक महिलाको मृत्यु भएपछि टेकु क्षेत्र सिल गरिएको छ । मंगलबार राति सवा १ बजे उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ देखिएपछि टेकुको मुख्य सडकबाहेकको क्षेत्रमा शिल गरिएको काठमाडौँ महानगरपालिका – १२ का वडाअध्यक्ष विकास डंगोलले जानकारी दिए । टेकुस्थित चल्खुकी ७८ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण । कोरोनाभाइरस महामारीले निम्त्याएको विषम परिसिथितिका कारण सञ्चार जगतसमेत अछुतो नरहेको भन्दै श्रमजीवी सञ्चारकर्मी मार्कामा परेका कारण प्रेस मञ्च नेपालले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सदस्ता नवीकरण शुल्क मिनाह गर्न माग गरेको हो । नेपाल पत्रकार महासङ्घले प्रत्येक वर्ष पत्रकारसँग नवीकरण शुल्क वापत १ हजार रुपैयाँ लिनेगरेको छ । चार/चार […]
न्यूजमधेश डेस्क सिरहा ,२७ श्रावण । वन कर्मचारीको टोलीले सिरहाको धनगढीमाई नगरपालिका–१४ बाट दुई ट्र्याक्टर अवैध सालको काठसहित छ जनालाई पक्राउ गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहाबाट खटिएको टोलीले गए राति चुरे जङ्गलबाट कटान गरी अवैधरूपमा लैजाँदै गरेको अवस्थामा दुई ट्र्याक्टर अवैध काठसहित धनगढीमाई नगरपालिका–१४ निवासी समीर मगर, कुमार तामाङ, ज्ञानकुमार मगर र […]
न्यूजमधेश डेस्क सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ । सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ श्रावण । नेपालमा सोमबार थप ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ श्रावण । प्रदेश २ सरकारले सार्वजनिक, निजी तथा सहकारीको साझेदारीमा कृषि उपजको बजारीकरणका लागि सेड घर निर्माणमा काम नसक्दै पूरा भुक्तानी दिएको पाइएको छ । निर्माण समितिमा पार्टीका नेता र मन्त्रीका आफन्तहरूलाई उपभोक्ता समिति बनाएर गरिएको काममा निर्माण अधुरै रहे पनि भुक्तानी पूरा दिइएको खुलासा भएको हो । तीन किस्तामा भुक्तानी दिनुपर्ने […]
न्यूजमधेश सम्बादाता नेपालगञ्ज,२५ श्रावण । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ः०० बजेदेखि मङ्गलबार राति १२ः०० बजेसम्मका लागि लागू हुनेगरी सिल गरेको छ । सिल गरिएको क्षेत्रका सडकसमेतमा हिँडडुल गर्न पाइने छैन । जीवन रक्षाका लागि भन्दै जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले निषेधाज्ञाकै समयमा उक्त क्षेत्र सिल गरेको जानकारी दिइएको छ । जिल्ला प्रशासन कार्यालयले […]