जनकपुरधाम । मधेश प्रदेश सरकारले आज शनिबार अगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न लागेको छ । मधेश प्रदेशका अर्थमन्त्री भरत प्रसाद साहले प्रदेश सभाको बैठकमा अपरान्ह ४ बजे बजेट प्रस्तुत गर्नुहुने समय निर्धारण भएको प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था अनुरूप मधेश सरकारले […]
जनकपुरधाम। सहयात्रा परियोजनाको प्रदेश स्तरीय सिकाई तथा अनुभव आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षा सुधारको लागि संचालन गरिएको सो परियोजनाले शुक्रवार सबै सरोकारवाला पक्षलाई राखेर गरेको कामहरुको विषयमा अनुभव आदनप्रपादन गरेको छ । कार्यक्रममा बोल्दै शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव महेन्द्र महतोले परियोजना लागु भएपछि विद्यालयमा शिक्षामा सुधार देखिएको जानकारी दिए । गुणस्तरिय […]
जनकपुरधाम । मधेश सरकारले आज अगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउने भएको छ । प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार मधेश सरकारले बजेट ल्याउन लागेको हो । बजेका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक डाकिएको छ । अर्थमन्त्री भरत प्रसाद साहले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने छन् […]
जनकपुरधाम । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशसभामा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले प्रदेशसभाका सदस्यहरुले राख्नुभएको सुझावहरू बजेटमा समेट्ने प्रतिबद्धता प्रकट गर्नुभयो । उहाँले मधेश प्रदेश सरकारले बोलेर होइन […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्री सतीश सिंहले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको विहीबार जवाफ दिएका छन् । जवाफ दिँदै मुख्यमन्त्री सिंहले सांसदको साकारात्मक आलोचना र सुझावलाई आत्मसात गरेर अगाडी बढ्ने आश्वासन दिएको हो । मुख्यमन्त्री सिंहले छुटेको योजनालाई समावेश पनि गर्ने बताए । नीति तथा कार्यक्रममा समय अभावको कारण धेरै बुंदा समावेश […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सुरेन्द्र कुमार महतो नियुक्त भएका छन् । महतो धनुषाको सबैला नगरपालिका ६ का हुन् । मुख्यमन्त्री सतिश सिंहको सिफारिसमा प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्य न्यायाधिवक्ता नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम महतोलाई प्रदेशको मुख्यन्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले मुलुकका प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुने शासकीय व्यवस्था हुनुपर्ने बताएका छन् । विद्यमान राजनीतिक अस्थिरतालाई चिर्नका लागि पनि संघमा प्रत्यक्ष निर्वाचन प्रधानमन्त्री र प्रदेशमा पनि प्रत्येक्ष निर्वाचित हुने शासन व्यवस्था हुनुपर्ने अडानमा आफ्नो पार्टी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै […]
जनकपुरधाम । मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्र कुमार ठाकुरले राजीनामा दिएका छन् । सरकार फेरिएकाले उनी पदबाट राजिनामा दिएका हुन् । मुख्यमन्त्री सतिश कुमार सिंहमार्फत् मुख्य न्यायाधिवक्ता ठाकुरले राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख सुमित्रा भण्डारीले स्वीकृत गरेकी छन् । तत्कालीन जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादवको सिफारिसमा ०७९ माघ १५ मा ठाकुर […]