न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र ।प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमण नियन्त्रणको लागि जस्तोसुकै कदम चाल्न सुरक्षा अधिकारीलाई निर्देशन दिनुभएको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि प्रदेशमा भए गरेका कामबारे जानकारी लिनुका साथै आवश्यक निर्देशन दिन बोलाइएको बैठकमा मुख्यमन्त्री राउतले अहिलेको अवस्थामा कुनै इन्तुकिन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन […]
न्यूजमधेश सम्बातादा राजविराज ,१८ चैत्र। औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज […]
न्यूजमधेश सम्बादाता वीरगञ्ज ,१८ चैत्र ।पर्सा क्षेत्र नम्बर १ का संघीय साँसद प्रदीप यादवले किसानको खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । कोरोना (कोभिड–१९) भाइरस संक्रमणको महामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने हामी सबैले हेक्का राख्नु पर्छ भन्दै उनले किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ । लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो […]
न्यूजमधेश सम्बादाता सप्तरी ,१७ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई […]
न्यूजमधेश सम्बादाता विराटनगर ,१७ चैत्र ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताउनुभएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उहाँले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम, १६ चैत्र। कोरोना भाइरस बाट प्रभावित व्यक्तिहरुलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न संघ संस्थाहरुले रकम पठाउन शुरु गरेको छ । राहत कोषमा सबै भन्दा पहिले सिद्धार्थ बैंकले १० लाख रकम जम्मा गरेको छ । सिद्धार्थ बैकका जनकपुर स्थित प्रतिनिधिहरुले १० लाखको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । […]