न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् । रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, […]
न्यूज मधेश,महोत्तरी।निर्वाचन प्रक्रियामा पहिलो पटक होमिएको डा सिके राउत नेतृत्वको पार्टीबाट महोत्तरी जिल्लाको पिपरा गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनमा एक महिलाले उम्मेदवारी दिएका छन। गाउँपालिकाको अध्यक्ष पदमा डा सिके राउत नेतृत्वको जनमत पार्टीबाट पिपरा गाउँपालिका वडा नं.५ स्थायी घर भएकी अञ्जनीदेवी मण्डलले उम्मेदवारी दिनुभएको सो पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सञ्जय यादवले जानकारी दिएको छ। उम्मेदवार […]
न्यूज मधेश,जनकपुरधाम।प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज (बुधबार) अमेरिका प्रस्थान गर्दैछन्। एसोसिएट अफ नेपाली तराईयन इन अमेरिका (एन्टा) कोे साधारणसभामा भाग लिन प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झासहित उनी अपराह्न ३ बजे अमेरिकाका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्री राउत र मुख्य न्यायाधिवक्ता झा मंगलबार नै काठमाडौं पुगिसकेका छन्। एन्टा अमेरिकामा बस्ने मधेसी […]
न्यूज मधेश,जलेश्वर।महोत्तरी जिल्लाको पिपरा गाउपालिका अध्यक्ष पदका लागी डा सीके राउत नेतृत्वको जनमत पार्टीले उम्मेदवार घोषणा गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा पिपरा गाउँपालिकाको अध्यक्षका लागि जनमत पार्टीले अञ्जली देवी मण्डललाई उम्मेदवार बनाएको हो । डा.राउतले जनमतको चुनाव चिन्ह लाउडस्पिकर (हर्न) छापमा मतदान गरी मण्डललाई विजयी बनाउन सामाजिक सञ्जालबाट आह्वान गरेका छन् । […]
न्यूज मधेश,जनकपुरधाम।प्रदेश नं. २को सरकारले संचालनमा ल्याएको महत्वाकाँक्षी कार्यक्रम बेटी पढाउ, बेटी बचाउ अभियान प्रति अमेरिकी सरकारले चासो व्यक्त गरेका छन । प्रदेश सरकारको कार्यक्रमबाट प्रभावित भएको अमेरिकी राजदुत ¥याण्डी बेरीले आफै जनकपुर पुगेर प्रदेश सरकार, बेटी पढाउ, बेटी बचाउ तथा लक्षित वर्गलाई छुट्टाछुट्टै भेटे पछि कार्यक्रममा सहयोग गर्ने उत्सुकता देखाएका हुन । तीन दिन […]
देवराम यादव,सप्तरी।थारु महिला समाज कंचनपुरको आयोजनामा समाचकेबा महोत्सव एक समारोह विच कंचनपुरमा मंगलबार सम्पन्न भएको छ। महोत्सवको प्रमुख अतिथिको आसनबाट उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री मात्रिका प्रसाद यादवले समाचकेवा पर्व थारु मधेशी समुदायले मनाउने गरेको बताउनु भयो । यो पर्व भाईबहिनीको प्रेम र समाजिक एकताको पर्व रहेको चर्चा गर्दै यसको संस्कृतिको जगेर्नाको साथै संरक्षण गर्न […]
न्यूज मधेश,जनकपुरधाम। धनुषाको कमला नगरपालिका वडा नम्बर.४ सघाराचोकमा रहेको ॐ ज्वेलर्समा चोरी भएको छ । ज्वेलर्सका प्रोपराइटर कमला नगरपालिका २ का सुखराम साहले १२ लाखको सुनचाँदी चोरी भएको बताए । उनका अनुसार गएराति सटर फोडेर ज्वेलर्सबाट सुनचाँदीका सबै गरगहना चोरी भएको हो । घरबाट करिब ११ बजे पसल पुगेपछि चोरी भएको थाहा पाएको थियो । […]
न्यूज मधेश,जनकपुरधाम।धनुषा र सिरहा जिल्ला छुुट्याउने कमला नदीको किनारमा अनौठो तथा भव्य भुत मेला लाग्यो। कात्र्तिक शुक्ल पुुर्णिमाको दिन कमला नदीमा स्नान गरेपछि तान्त्रीक विद्या सिद्ध हुने जनविश्वासका साथ आज मेला लागेको हो। मेलाको अवसरमा धनुषा, महोत्तरी, सिरहा,सप्तरी, उदयपुर र सिमाबर्ती भारतको मधुबनी, दरभंगा, समस्तीपूर लगायत जिल्लाका लाखाौ मानिस सिरहा र धनुषा स्थित कमला नदीमा […]