झापा । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित केरखामा आज करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका हुन । मृत्यु हुनेमा कमल गाउपालिका वडा नं.१ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै […]
जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन। बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, […]
सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’ तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो […]
जनकपुरधाम । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । […]
रञ्जन भण्डारी , महोत्तरी । जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ । कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल ‘एआरभी’ र ‘इम्युनोग्लोवलिन इन्जेक्सन’ नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको […]
राजबिराज। बिगत ४० दिनदेखि निरन्तर जारी कोसीपीडितहरूको रिले अनसन बिहीबारबाट स्थगित गरिएको पत्रकार सम्मेलनमार्फत जनाएको छ। कोशी पीडितहरुले चाडपर्वलाई ध्यानमा राखि तत्काल रिले अनसन स्थगन गरिएको कोसी डुबान कटान पीडित संघर्ष समितिले जनाएको हो । अनसन तत्कालका लागि स्थगन गरिए पनि आन्दोलन भने जारी नै रहेको पीडितहरूको भनाइ छ। छठ पर्व सकिए लगतै आन्दोलनलाई अझ […]
जनकपुरधाम । प्रदेश नम्बर २ को प्रस्तावित राजधानी जनकपुरधामको ट्राफिक ब्यवस्थापन निकै चुनौती बन्दै गएको अवस्थामा रेल्वे प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक जय प्रकाश मण्डल उदाहरणीय बनेका छन । प्रहरी सहायक निरीक्षक मण्डल नियम बिपरित सवारी चलाउने चालकलाई आफै नियम सम्बन्धमा जनकारी गराई सचेत गराउँदै आएका छन । उनले मोटरसाईकल चालकको हेल्मेटको हुक मात्र […]
सप्तरी। बिगत केही दिन देखि परेको अविरल बर्षाको कारण सप्तरीको अधिकान्स क्षेत्रहरू डुवानमा परेका छ्न । बिहानदेखि परेको अविरल वर्षाले सप्तरी जिल्लाका विभिन्न क्षेत्रहरूका जनजीवन प्रभावित भएका हुन्। सप्तरीमा केही दिनयता परेको अविरल वर्षाका कारण सप्तरीको कन्चनरुप नगरपालिका, राजबिराज नगरपालिका ,हनुमाननगर कन्कालिनी नगरपालिका क्षेत्र जलमग्न भएको छ। बर्षाले कच्ची सडक हिलाम्य हुँदा यातयात सञ्चानलमा समस्या […]