जनकपुरधाम,८ भदौ । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिँहले शैक्षिक गुणस्तर विकासका लागि सिकाइ प्रणाली रूपान्तरण गर्न प्रदेशको शैक्षिक पार्क बनाइने बताएका छन् । जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालय ज्ञानकुपको शनिबार अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री सिँहले बहुबुद्धिमत्ता, सामाजिक सिकाइ सिद्धान्त, गेमिफिकेसन र २१ औँ शताब्दीको सीप प्रबद्र्धनका सिद्धान्तहरूमा आधारित शैक्षिक पार्क मधेश प्रदेशका सन्दर्भमा नवीन […]
जनकपुरधाम,८ भदौ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आफ्नो पार्टीको प्रतिस्पर्धा जनता समाजवादी पार्टी(जसपा) नेपालसँग नभई नेपाली काँग्रेस र नेकपा एमालेसँग रहेको बताएका छन् । एक निजी टेलिभिजनसँग अन्तर्वार्तामा अध्यक्ष डा.राउतले जसपा अध्यक्ष उपेन्द्र यादव र आफू सप्तरीको क्षेत्र नम्बर २ बाटै चुनाव लडेका संयोगका कारण त्यस विषयलाई मानिसले अर्कै अर्थबाट चित्रित गरिदिएको उल्लेख गरे […]
जनकपुरधाम ७ भदौ । मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशका बालबालिकालाई कुपोषणबाट जोगाउन प्रदेश सरकारले विशेष अभियान सञ्चालनको तयारी गरेको बताउनुभएको छ । आज जनकपुरधाममा वर्ल्ड भिजनको सहयोगमा सामुदायिक रेडियो प्रसारक सङ्घको आयोजनामा भएको ‘मधेसमा पोषणको अवस्था तथा नकारात्मक हानिकारक अभ्यास’का विषयमा भएको छलफलमा उहाँले अन्य प्रदेशको तुलनामा मधेसमा बालबालिका बढी […]
जनकपुरधाम, ७ भदौ। हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला नदीमा नयाँ कमला पुल निर्माणको माग गर्दै चार दिनदेखि आमरण अनशनरत युवालाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनशन तोडाउनुभएको छ । उहाँले अनशनकारीसँग वार्ताबाट चार बुँदै सहमति गर्दै जुस खुवाएर अनशन तोडाउनुभएको हो । हुलाकी सडकमा नयाँ कमला पुल निर्माण सङ्घर्ष समितिका संयोजक प्रविणकुमार […]
जनकपुरधाम, २ भदौ ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले तस्करी रोक्न सीमावर्ती क्षेत्रमा प्रदेश सरकारले सूचना प्रणाली स्थापना गर्न र तस्कर पक्राउ गर्न आफ्नै संयन्त्र बनाउन बाध्य हुनुपर्ने बेला आएको बताएका छन् । उनले सीमापारबाट गरीब जनताले नुनतेल ल्याउन सास्ती भोगिरहेका बेला तस्करहरूले रातारात गाडीका गाडी सामान भित्र्याइरहेको उल्लेख गर्दै त्यसकारणले राजस्व संकलन प्रभावित भइरहेको हुँदा […]
काठमाडौं ,१ भाद्र। नेपाली कांग्रेस मधेशका उपसभापतिद्वय चन्द्रशेखर यादव र वीरेन्द्रप्रसाद सिँहबीच पार्टीलाई विधि, विधान र प्रक्रियाबद्ध तरिकाले अघि बढाउने सहमति भएको छ । दुई उपसभापतिहरूबीच शनिबार काठमाडौँमा भएको भेटमा पार्टीको मधेश नेतृत्वमा केही समययता उत्पन्न अस्थिरता, विचलन र फिसलनविरुद्ध एक्यबद्ध भएर अघि बढ्नुपर्नेमा सहमति भएको हो । पार्टीका प्रदेश सभापति कृष्णा यादवले केही दिनअघि […]
जनकपुरधाम,३२ साउन ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले प्रदेश मन्त्रिपरिषद् सदस्यहरूसँग कार्यसम्पादन सम्झौताका लागि करार गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् शुक्रबार आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले आर्थिक वर्ष २०८१÷२०८२ को वार्षिक कार्यक्रम कार्यान्वयनका लागि मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौताका लागि करारपत्रमा हस्ताक्षर गरेका हुन् । मुख्यमन्त्री सिँहले कार्यसम्पादन सम्झौताका लागि भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, भूमि व्यवस्था, […]
जनकपुरधाम,३१ साउन।मधेश प्रदेश सरकारले प्रयोगविहीन सरकारी भवनहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ। बिहीबार मुख्यमन्त्री सतिश कुमार सिंहसहित मन्त्रीहरूले मिथिला नगरपालिकाको नकटाझिज रहेको कृषि निर्देशनालय र मुजेलियास्थित मणिपाल भवनको अनुगमन गरेको हो । संघीय सरकारको मातहतमा रहेका नकटाझिजस्थितका प्रयोगविहीन तथा जीर्ण भवनहरूको प्रदेश सरकारले वस्तुस्थिति बुझ्ने काम गरिएको मुख्यमन्त्री सिंहले बताए । उनका अनुसार प्रदेश […]