जनकपुरधाम, ३१ साउन । मधेश प्रदेश वन निर्देशनालयको भवन निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आज एक समारोहबीच जनकपुरधाम उपमहानगरपालिका–४ स्थित उक्त भवनको उद्घाटन गरेका हुन् । करिब दुई कठ्ठा जमिनमा निमार्ण सम्पन्न भएको सो कार्यालय भवन तीन तलाको रहेको छ । तीन तले सो भवनमा एक सभाहलसहित २१ कोठा […]
जनकपुरधाम ,३१ साउन। विकास तथा सहयोगका लागि स्विस नियोग(एसडिसी) नेपालले मधेश प्रदेश सरकारका विभिन्न योजना कार्यान्वयनमा सहयोग तथा साझेदारी गर्ने विषयमा सहमति जनाएको छ । मुख्यमन्त्री सतिशकुमार सिँहसँगको भेटमा नियोगका अधिकारीहरूले प्रदेश सरकारका अल्पकालीन तथा दीर्घकालीन महत्त्वका योजना कार्यान्वयनमा साझेदारी गर्न सकिने र प्रदेशमा सञ्चालन भइरहेका नियोगका कार्यक्रमलाई थप विस्तारित एवम् प्रभावकारी बनाइने बताएका छन् […]
महोत्तरी ,३० साउन। मधेश प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा वुधबार भू तथा जलाधार व्यवस्थापन कार्यालय महोत्तरीको उद्घाटन गरिएको छ । जलेश्वर नगरपालिकाको वडानं. २ प्रादेशिक अस्पतालको अगाडीमा रहेको लभ सिंहको भवनमा सो कार्यालय स्थापना गरिएको हो । धनुषा र महोत्तरी कार्यक्षेत्र रहेको सो कार्यालयको उद्घाटन वैदिक पुजापाठसहित मधेश प्रदेशको […]
सर्लाही, ३० साउन । सर्लाहीमा बर्सेनि खेतीयोग्य जमिन मासिदै गएको छ । यहाँ विगत १० वर्षमा एघार हजार चार सय ६ दशमलव ७ हेक्टर खेतीयोग्य जमिन मासिएको छ । जिल्लामा लगातार खेतीयोग्य भूभाग मासिने क्रम बढ्दो रहेको राष्ट्रिय कृषि गणना २०७८ को तथ्याङ्कले देखाएको हो । दश वर्ष अगि २०६८ मा भएको जनगणना तथ्याङ्क अनुसार […]
सर्लाही ,२९ साउन। जिल्ला कृषि ज्ञान केन्द्रको सिङ्गो कार्यालय एउटै कोठाबाट सञ्चालन भएको लामो समय भइसकेको छ । कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए। जिल्ला सदरमुकाम मलङ्गवामा रहेको साविक जिल्ला कृषि विकास कार्यालय स्थानीय तह निर्वाचनपछि जिल्ला कृषि ज्ञान […]
जनकपुरधाम ,२९ साउन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नेपाल दुरसंचार प्राधिकरणको सेवा प्रभावकारी बनाउन नेपाल दुरसंचार प्राधिकरणका प्रतिनिधिहरुसँग छलफल गरेको छ । उनले नेपाल दरसंचार प्राधिकरण, प्रादेशिक निर्देशनालय वीरगञ्जका निर्देशक नामाकर न्यौपानेसहितका प्रतिनिधिहरुसँग सो विषयमा मंगलबार छलफल गरेको हो । मुख्यमन्त्री सिंहले विशेष गरी वन क्षेत्रमा सर्वसाधारणले भोगिरहेको नेटवर्कको समस्यालाई निराकरण गर्न प्राधिकरणलाई आग्रह […]
वीरगञ्ज ,२५ साउन । पर्सामा महिला उद्यमीको नाममा घरेलु तथा साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । घरेलु तथा तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन सय ९९ महिलाका नाममा घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही आवमा पुरुषका नाममा पाँच सय ४४ उद्योग दर्ता भएका छन् । गत […]
जनकपुरधाम,२४ साउन । मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले आज एक मन्त्रालयसहित चार कार्यालयमा छड्के जाँच निरीक्षण गरेका छन् । मुख्यमन्त्री सिंहले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पूर्वाधार विकास कार्यालय, वन निर्देशनालय र शिक्षा विकास निर्देशनालयमा छड्के जाँच निरीक्षण गरेका हुन् । कर्मचारीहरू कार्यालयमा नबस्ने, बसे पनि राम्ररी काम नगर्ने, काममा ढिलासुस्ती गर्ने जस्ता […]