०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

मुसहर समुदायलाइ साबुन र मास्क बितरण

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१८ चैत्र । धनुषाको सबैला नगरपालिका १२ बडकुर्वाका मुसहर समुदायलाई सोमबार नियमित हात धुनका निम्ति साबुन र प्रयोग गर्न मास्क प्रदान गरिएको छ । यहाँका सय परिवार मुसहर समुदायलाई भोर अनुसन्धानमा आधारीत अभियानी तथा परोपकारी संस्थाद्वारा मास्क र साबुन बितरण गरिएको हो । प्रति परिवार ५ थान माक्स र दुई थान साबुन […]

न्यूजमधेश सम्बातादा राजविराज ,१८ चैत्र। औषधि किनेर सीमावर्ती क्षेत्र भारतबाट आइरहेको अवस्थामा सप्तरीका दुई युवकलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरीका जवानलाई कारबाही गरिएको छ । कुटपिटमा संलग्न एक जवानलाई निलम्बन गरिएको छ भने अर्का एक जनालाई कारबाहीका लागि सदरमुकाम राजविराज तानिएको छ । दुई युवकलाई बलान बिहुल गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा निर्घात कुटपिट गर्नेमध्येका मनोज […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ चैत्र । कोरोना संक्रमणबाट बच्न सरकारले लक डाउन लगाएपछि चैती छठ पर्व प्रभावित भएको छ । जनकपुरधामसहित प्रदेश २ का जिल्लामा भव्यताका साथ यो पर्व मनाउने गरिन्छ । लक डाउनका कारण सार्वजनिक पोखरी र जलासयमा जान नपाएपछि श्रद्वालुहरुले आफ्नो आँगनमै चैती छठ पर्व मनाएका छन् । सोमबार चैती छठ पर्व अन्तर्गत अस्ताउँदो […]

न्यूजमधेश सम्बादाता सप्तरी ,१७ चैत्र। कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न सप्तरीको राजबिराज नगरपालिकाले विभिन्न वडाहरुमा किटनाशक औषधी छर्किएको छ । राजबिराज नगरपालिकाको प्रत्येक वडाका बजार क्षेत्रमा किटनाशक औषधी छर्किएको हो । बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने नगरपालिकाले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमणलाई […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम, १५ चैत्र। एउटा मास्कको मूल्य अधिकृतम १० रुपैयाँ हो । व्यापारीहरुले सय रुपैयासम्म बिक्री गरिरहेका छन् । तर जनकपुरधाममा एउटा मास्क ७ सय ५० मा बिक्री गरिरहेको पाइएको छ । पछिल्लो पटक एउटा मास्क रु ७ सय ५० का दरले बिक्री गर्ने व्यापारी पनि फेला परेका छन् । प्रादेशिक अस्पताल नजिकैको बजरंग […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१६ चैत्र। जनकपुरधामस्थित प्रदेश २ को प्रादेशिक अस्पतालले कोरोना संक्रमित फैलिन नदिन फिबर क्लिनिक संचालन गर्ने भएको छ । अस्पतालले यसका निम्ति आकस्मिकबाहेक सबै सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण बढ्न नदिन अस्पतालले आईतबारदेखि फिबर क्लिनिक संचालन गर्न लागेको मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र प्रसाद यादवले जानकारी दिए । […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१५ चैत्र । प्रदेश २ सरकार कोरोनाबिरुद्व लड्न तम्त्यार रहेको जनाइसकेको छ । यसका निम्ति बजेटहरु पनि छुट्टयाइसकेको छ । तर, प्रदेशमा हालसम्म यसको तयारी राम्रो बन्न सकेको छैन् । खासगरी कोरोनाबिरुद्वका उपकरण र उपचारस्थलहरु अहिले पनि प्रभावकारी देखिन सकेको छैन् । कोराना संक्रमितका लागि बीरगंजको नेशनल मेडिकल कलेज र जनकपुरधामस्थित जानकी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१४ चैत्र । कोरोना संक्रमणको आशंकामा प्रदेश २ का बिभिन्न ठाउँका १ सय ५१ जनालाई क्वारेन्टाइनमा राखिएको छ । प्रदेश २ का आठ मध्ये सात जिल्लामा शंकास्पदलाई क्वारेन्टाइनमा राखिएको छ । महोत्तरीमा हालसम्म एक जना पनि शंकास्पद नदेखिएकाले क्वारेन्टाइनमा नराखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी सप्तरीमा क्वारेन्टाइनमा भर्ना गरिएको छ […]