०७ मंसिर २०८१, शनिबार
23-11-2024 , Sat
×

मधेश विशेष

होटेल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार पारियो

न्यूजमधेश सम्बादाता महोत्तरी,१३ चैत्र। महोत्तरीको बर्दिवासस्थित होटल पावन मिथिलालाई क्वारेन्टाइनका लागि तयार गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी नेतृ एवं प्रतिनिधी सभाकी सदस्य निर्जला राउतको यो होटेललाई क्वारेन्टाइनका लागि तयार पारिएको हो । राउतले यो होटेल प्रदेश २ सरकारले चाहेको खण्डमा क्वारेन्टाइनका लागि प्रयोग गर्न सकिने बतताएकी छन् । यो होटलमा ४५ वटा […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१३ चैत्र। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले आफ्नो १५ दिनको तलव कोरोना रोकथाम राहत कोषमा जम्मा गर्ने भएका छन् । पार्टीका महासचिव केशव झाका अनुसार सबै संघीय सांसदले आफ्नो १५ दिनको तलव कोषमा जम्मा गर्नेछन् । राजपाका १७ जना प्रतिनिधी सभामा र २ जना राष्ट्रिय सभामा सदस्य छन् । यी सबैले […]

न्यूजमधेश सम्बादाता सर्लाही ,९ चैत्र । सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायण खोलामा रहेको स्वास्थ्य चौकीमा सेवाग्राही नहुँदा स्वास्थ्यकर्मी गफ गरेर दिन बिताउन बाध्य छन् । दूर्गम क्षेत्रमा रहेको चौकीमा मुश्किलले दैनिक एक÷दुई जनामात्र सेवाग्राही स्वास्थ्य सेवा लिन आउने हुँदा आफूहरु फुर्सदिलो भएकोे अनमी रीता भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “ कुनै दिन त सेवाग्राही नै आउँदैनन […]

रंजित चौरसिया वीरगंज,९ चैत्र।प्रतिनिधिसभा सदस्य प्रदीप यादवले मास्क र सेनिटाईजर वितरण गरेका छन् । विश्वव्यापी रुपमा बढिरहेको कोरोना संक्रमणलाई रोकथाम गर्न निमित्त सांसद यादवले आइतबार वीरगञ्जमा मास्क र सेनिटाईजर वितरण गरेका हुन्। आज बिहान उनले वीरगञ्ज माइस्थानको बजार देखि घण्टाघरसम्मका विभिन्न व्यपारी, बटुवा, रिसका चालक र स्थानीयलगयातलाई मास्क र सेनिटाइजर वितरण गरेका थिए। विश्वस्तरमा महामारीका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९ चैत्र । कोरोना भाइरसका संक्रमितलाई राख्न जनकपुरधामको मणिपाल टिचिङ हस्पिटलको भवनमा आइसोलेसन सेन्टर खोल्ने तयारी भइरहेको छ । शनिवार जनकपुरधामका मेयर लालकिशोर साह, उपमेयर रिता झा र विज्ञहरुको टोलीले उक्त भवनको निरीक्षण गरेको हो । आइसोलेसन सेन्टरका लागि भवन उपयुक्त रहेको विज्ञहरुले बताएका छन् । आइसोलेसन सेन्टरका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक सहयोग […]

न्यूजमधेश सम्बादाता राजविराज,७ चैत्र । ‘अहिले १० दिन मात्रै प्रतिक्षा गर्नुस् । मैले पार्टीका नेताहरुसँग कुरा गरिसकेको छु । तपाईंले आफ्नो रकम पाउनुहुन्छ ।” यो सुनेर अर्काे व्यक्ति जवाफ दिन्छन्, “अलिक चाँडो गरिदिनुस् है, म समस्यामा छु ।” १० दिनको समय दिने व्यक्ति हुन् सप्तरीका गुड्डु भनिने सुरजित सिंह र जवाफ दिने सप्तरीका प्रमुख जिल्ला […]

न्यूजमधेश सम्बादाता काठमाण्डु,५ चैत्र ।राष्ट्रिय जनता पार्टी(राजपा)नेपालको अध्यक्ष मण्डलका संयोजक फेरिएका छन् ।चैत ५ गतेदेखि शरत सिंह भण्डारी राजपा अध्यक्ष मण्डलका संयोजक बनेका छन् । संयोजक महेन्द्र राय यादवले मंगलवारी जारी गरेको विज्ञप्तिमा बुधवारदेखि भण्डारी संयोजक भएको जनाए ।राजपाको केन्द्रिय अध्यक्ष मण्डलका संयोजक हरेक २ महिनामा फेरिने गरेकोछ । राजपामा अन्य कुनै काम समयमा नभएपनि […]

कमल मण्डल राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका […]