०९ मंसिर २०८१, सोमबार
25-11-2024 , Mon
×

मधेश विशेष

नवनिर्वाचित मेयर यादवको निर्देशनमा जनकपुरधामस्थित रहेको सबैला नपाको अघोषित कार्यालय सारियो

न्युजमधेस डेस्क जनकपुरधाम,२९ असार। धनुषाको सबैला नगरपालिकाका नवनिर्वाचित मेयर कारीराम यादवको निर्देशनमा जनकपुरधामस्थित सबैला नगरपालिकाको अघोषित कार्यालय मंगलबार सारिएको हो। विगत चार वर्षदेखि जनकपुरधाममा अघोषित रूपमा सञ्चालनमा रहेको जिल्लाको सबैला नगरपालिकाको कार्यालय सारिएको छ। चार वर्षदेखि जनकपुरधाम उपमहानगरपालिका वडा नं.८ बजरंगचोकस्थित सबैलाका तत्कालीन मेयर विजयशंकर साह र प्रशासकीय अधिकृत राजबाबु पुडासैनीले एक घरमा कोठा भाडामा […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। नेपाल विद्युत् प्राधिकरण ढल्केवर रिड शाखामा कार्यरत सुपरभाइजर अनिलकुमार यादवमाथि कुटपिट भएको छ । असार १५ गते उनीमाथि कार्यालय प्रमुख राजीव शर्माको निर्देशनमा कुटपिट भएको आरोप लागेको छ । सोही कार्यालयका इन्जिनियर शर्मासहित ७/८ जनाको समूहले यादवमाथि कुटपिट गरेको बताइएको छ । कुटपिटबाट घाइते भएका यादव प्रादेशिक अस्पतालमा उपचार गराएका थिए […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) फेरि विभाजन भएको छ । पार्टी विभाजनको औपचारिक घोषणा मंगलबार हुँदै छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै गएपछि पार्टी विभाजन भएको हो । भट्टराई र यादवले आपसी सहमतिमै पार्टी विभाजन गर्नेमा यसअघि नै सहमति […]

न्युजमधेस डेस्क जनकपुरधाम,२८ असार। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पहाडी भू-भागका केही स्थानहरुमा चट्याङसहित  मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश […]

न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। विश्वको जनसङ्ख्या आठ अर्ब नजिक पुगेको छ। अहिले भने विश्वको जनसङ्ख्या सात अर्ब ९५ करोडभन्दा बढी छ । चार महिनापछि विश्व जनसङ्ख्या आठ अर्ब पुग्ने प्रक्षेपण सार्वजनिक भएको छ। विश्व जनसङ्ख्या दिवसका अवसरमा आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)ले आगामी कात्तिक २९ गते (नोभेम्बर १५) विश्वको जनसङ्ख्या आठ अर्ब पुग्ने […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मधेस प्रदेशमा आर्थिक वर्षको अन्तिममा हतार–हतार बजेट खर्च गर्न ‘असारे विकास’को परम्परालाई यसपटक पनि निरन्तरता दिइएको छ । आफ्नै नातागोता तथा कार्यकर्ता समेटेर उपभोक्ता समिति बनाई ठेक्कापट्टामार्फत आयोजनाको जिम्मा दिएर बजेट दुरुपयोग गर्ने क्रमले निरन्तरता पाएको हो । मधेस प्रदेश सरकार अन्तर्गत जिल्ला प्राविधिक कार्यालय धनुषामा अहिले भुक्तानी लिन आउनेहरूको भिड […]

न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ । धनुषाको सबैला नगरपालिका –९ भठिहनका […]

  न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]